Skip to content

नाकाबन्दीको समर्थनमा


स्वार्थहरूले
शक्तिशाली आसन खोजेपछि
बन्दी भएका हुन स्वतन्त्रताहरू !!
नुुहेर यति धेरै
झुुकेर यति धेरै
पाउ पर्नुुको परिणाम —
उठ्न सकेको छैन देश !
कति सफेद चित्र ।

सँकटका झरीहरूमा
आत्मनिर्भरताका गँजडी गफहरू प्रसारित हुन्छन
राजनैतिक अखडाहरूमा
तर मेरो प्रश्न—
के एउटै हुुन सक्दैनन् परिभाषा
राष्ट्रियता र राष्ट्रिय सँकटको ?
मजाले गाली गरेर इतिहासलाई
आत्मनिर्भरताको बाटो खन्छौं वर्तमानमा
र साँझ भट्टीमा बोत्तल फोरेपछि पूूरा हुन्छ कर्तव्य
एवँरीतले भुुल्छौं, ईतिहास हुुनेछौं हामीपनि ।

खुलामञ्चमा जम्मा गरेर बेरोजगारहरू घोषणा गर्यौं
धेरै प्रथाहरू अन्त्य भएको
तर मालिक आफू मालिक रहन नजानेर
एउटा प्रथा राख्यौं आफैसँग
दासप्रथा !

हो ! त्यही दासप्रथाको तुँवालोमा लुकेर
छिरेको हो नाकाबन्दी !
म विरोध गर्दिन नाकाबन्दीको
म विरोध गर्दछु दासप्रथाको ;
बोक्छौं किन आखिर आफै ?

मालिक र दासको सम्बन्ध
सुमधुर हुन सक्दैन कहिल्यै
मालिकको कुर्सीमा
बसेको छ नाकाबन्दी !
बागलुङ, हालः लुभेन बेल्जियम ।

2 thoughts on “नाकाबन्दीको समर्थनमा”

  1. रोशनजी, कुन कार्यक्रममा
    रोशनजी, कुन कार्यक्रममा प्रस्तुत गर्न चाहनुहुन्छ? लेखकबाट सोधनी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *