Skip to content

पाँच मुक्तक (उद्धारकर्ता मायाको नजिक)


एक)
उद्धारकर्ता मायाको नजिक, मन भएपछि
घटायो माया उसले नजीकै, धन भएपछि
पीडित हुनुको एउटै कारण थियो मेरो उता,
पीडाको मूल जड नै, आफ्नोपन भएपछि

दुई)
यहाँ एक्लै कैयौँ, रुने पनि छन कोही
हजारौमा एक्लो, हुने पनि छन कोही
दिउसै देख्न त देख्छन थुप्रैले सपना,
अनायासै मन छुने पनि छन कोही

तीन)
उसका लागि मनको सुन्दर, दरवार भएपछि
साथ दिन्छु भन्थी ऊ त्यस्तै, घरवार भएपछि
भन्नसम्म भनी उसले श्रोता झै म सुनिरहे,
दुख्छ मुटु अनायासै प्रहार, बारम्बार भएपछि

चार)
एक्लो उसले मलाई यसै अक्सर, छोडेपछि होला
साथ छुट्यो आज बाटो उसले, मोडेपछि होला
म पराई थे कोही आफ्नो भयो उसको सायद,
कही उसले निकै बलियो साथ, जोडेपछि होला

पाँच)
उसको र मेरो साथ एका देशको, कहानी भएर हो
पछारिए म उसको कोही नयाँ, जिन्दगानी भएर हो
ऊ गएपछि आफू बिल्कुलै एक्लो महसुस गरिरहेछु,
अँझ पनि उसैलाई सम्झीने मेरो, बानी भएर हो

प्राविधिक
रेडियो अमरगढी ९७.४ मेघाहर्ज
डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *