कहिलेकाहीं झस्किन्छु तिम्रो सम्झनामा
एक्लो हुँदा म आतिन्छु तिम्रो सम्झनामा
मनलाई केही गरी बुझाउन नसक्दा
यी नयन रुझाउँछु तिम्रो सम्झनामा
हजारौँको भीडमा कोही आफ्नो भेट्दिन
एकान्तमा कतै हराउँछु तिम्रो सम्झनामा
आँखा खोले तिमी आँखा चिम्ले पनि तिमी
निदरीमा कराउँछु तिम्रो सम्झनामा
छ तिम्रो “आभास”अरु कस्लाई अगाँलु
बरु एक्लै म रमाउँछु तिम्रो सम्झनामा
जे आर “आभास”