Skip to content

तिम्रो नयनबाट आँशु


तिम्रो नयनबाट आँशु, कैले पनि झर्न दिन्न
जिन्दगीको अफ्ठ्यारोमा, कहीं कतै पर्न दिन्न

दुनियाँलाई मुना मदन, भुलाउन खोज्दै छु म
यो धर्तीमा मायाको फूल, फुलाउन खोज्दै छु म
जुनी – जुनी तिम्रो सिउँदो, अरुलाई भर्न दिन्न
जिन्दगीको अफ्ठ्यारोमा, कहीं कतै पर्न दिन्न
तिम्रो नयनबाट आँशु …

पूर्णिमाको जून पनि,तिम्रो अघि आधा लाग्छ
आकाशको रंगिन तारा, तिम्रो अघि सादा लाग्छ
जूनसँगै राख्छु तिम्लाई, भुँइमा कैले झर्न दिन्न
जिन्दगीको अफ्ठ्यारोमा, कहीं कतै पर्न दिन्न
तिम्रो नयनबाट आँशु …

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *