Skip to content

तीन मुक्तक (उदार सोचमा सदा हुन्छ झेल)


१)
उदार सोचमा सदा हुन्छ झेल जिन्दगीमा
कहिलेसम्म खेलौं हार्दै खेल जिन्दगीमा
चाहनाको बलि चढाई बित्यो उमेर प्रवासमै
बगिरहन्छन आसुँका यी भेल जिन्दगीमा

२)
जन्मेदेखि पाइन सुख फुटेको भाग्य मेरो
कर्म लेख्दा विधाताले छुटेको भाग्य मेरो
पोखिएछन् खुसी सबै अल्झिएर मझधारमा
समयको परिवेशले लुटेको भाग्य मेरो

३)
अहंकार त्यो अभिमान घटाइदेऊ न छिमेकी
अब छिट्टै नाकाबन्दी हटाइदेऊ न छिमेकी
धेरै दुख पाएका छन् नेपाली ती जनताले
इन्धनका गाडीहरू पठाइदेऊ न छिमेकी

कल्पना पौडेल ” जिज्ञासु ‘
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

2 thoughts on “तीन मुक्तक (उदार सोचमा सदा हुन्छ झेल)”

  1. कल्पना बैनी गजलको बान्की निकै
    कल्पना बैनी गजलको बान्की निकै उच्चकोटीकाे छ । तर गजलका पहिलो अाठ हरफमा जुन शुद्ध भाव छ त्यसकाे तालमेल तलका चार हरफमा भएन । यो तलकाे हरफको छिमेकीमाथिकाे अाग्रहलाइ यहाँ मिलान गरेकाे अलिक भएन । सुनसँगको कुरासँग नुन र घुन ने अाएझै भयो। अरु ता राम्रै छ । अालाेचना गर्यो दाजुले भनेर नरिसाउनु । धन्यवाद ल ।

    1. कमेन्टको जवाफ
      नमस्कार होम सुवेदी दाजु ! आरामै हुनुहुन्छ ? प्रतिकृयाको लागि आभारी छु ! दाजु यो गज़ल हैन ३ अलग अलग मुक्तक हुन् अन्तिम मुक्तक को रदिफ छिमेकी भन्नेमा अरु रदिफ राख्ने सल्लाह दिनु भएको हो कि कसो दाजु ? बुझ्न सकिन मेरा कमि कमजोरी हरु औल्याइदिनु भएकोमा निकै खुशी छु यसरि नै सुझाब र सल्लाहको सदैव अपेक्षा राख्दछु ! धन्यवाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *