Skip to content


अग्नि भए म त सारा संसारा जलाए
आफ्नै आत्ममा मात्र म त रमाए
देखिन आज मैले गरिबको मुटुको घाऊ
राज्य र धन कमाउन मात्रै मेरो भएछ दाउ
दशौ पुस्ता अघिबाट महलमा बस्ने बानी
सन्नुहोस आज मेरा सुखका कहानी
बाजे र पुर्खाको शोसकबाट आज यहाँ
राम्रो बनाए आज मेरो जीवनमा
धन मात्रै कमाउन मेरो मन गएछ
गरिबको वेदना आज कहाँ देख्दो रहेछ
गरिबको भावनामा डुव्ने गरिबवै हुदो रहेछ
दशौ पुस्ता महलमा बस्नेले बुझ्दो रहेनछ
मेरा बाजे पुर्खाले सामन्त राज्य बनाए
यही धनमा आज नाति पलाती रमाए
त्यसै कारणले म त आज हेर यहाँ
क्रात्ति चालाउछु सारा संसारमा
यो आज विश्वमा धन मात्र ठूलो रहेछ
गरिबको मूल्य कामत के पनि हुदाँ रहेछ
खान नपाउने कति छ भोका र नाङ्गा पनि
कस्तो पो देख्छ यी मानवका दुःखको वेदना पनि
राज्य मलाइनै चाहियो संसारको धन पनि
सबैका महल सव होउन आज मेरै पनि
आज म मात्रै हुन परोस विश्वको पूजीवादी
पेटमा नआटेर राख्छौ म त मुखबाट थाती

लेख बहादुर कार्की
त्रि.न.पा. १२ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *