मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
‘मिथिलारत्न’बाट आचार्य सम्मानित
editor — Fri, 01/01/2016 - 23:20
राजविराज, १५ पुस, २०७२ : नेपालमा रहेर नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना नेपाली साहित्यकारलाई भारतको मुम्बईमा ‘मिथिलारत्न’बाट सम्मान गरिएको छ ।
उदयपुर जिल्लाको तपेश्वरी–१ घर भई सप्तरीको राजविराजमा बसेर विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई अन्तर्राष्ट्रिय मैथिली समाजको १२औं सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित गरिएको हो ।
सम्मेलनका महासचिव डा. बैद्यनाथ चौधरी बैजुको अध्यक्षता र बिहार सरकारका शहरी विकास मन्त्री महेश्वर हजारीको प्रमुख आतिथ्यतामा पुस ७–८ गते सम्पन्न समहारोहमा आचार्यलाई सम्मानित गरिएको हो ।
सगरमाथा साहित्य परिषद्का सचिव आचार्य हाल सप्तरीको विषहरिया गाविसस्थित महावीर मा. वि.मा शिक्षण पेशामा कार्यरत छन् । आचार्यका ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक एकांकी संग्रह प्रकाशित छ भने ‘गरिमा’ निबन्ध संग्रह, ‘टुक्के दिदी र उखाने दाइ’ बाल एकांकी संग्रह प्रेसमा छन् । गरिमा, मधुपर्क, शारदा, मुना, शब्दाङ्कुंर, रचना, अभिव्यक्ति, शब्द संयोजन, बालबगैचा, मिथिला मासिकलगायत दर्जनौ साहित्यिक पत्रिकाहरूमा उनका लेखरचना प्रकाशित छन् ।
उक्त अवसरमा नेपालका आचार्यसहित हिन्दी, मैथिली, बंगाली, मराठी, उर्दु भाषा, साहित्य, कला, संस्कृतिमा विशिष्ट योगदान दिएका एक दर्जन भारतीय साहित्यकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिहारका नगर विकास एवं आवास मन्त्री महेश्वर हजारी, महाराष्ट्रका विधायक हितेन्द्र ठाकुर, संस्कृत विश्वविद्यालय बाराणसीका कुलपति डा. देवनारायण झा, सांसद प्रभात झा, पदमश्री शारदा सिन्हा, पण्डित कमलकान्त झालगायतकाले मन्तव्य तथा रचना प्रस्तुत गरेका थिए ।
उक्त सम्मानबाट यसअघि नेपालका डा. योगेन्द्र प्रसाद यादव, डा. रामअवतार यादव, प्रा. डा. सुनिल कुमार झा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ डा. रामदयाल राकेश, साझा प्रकाशनका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रामभरोस कापडि भ्रमर, डा. रेवतीरमण लाल, विद्यापति कोषका पूर्व अध्यक्ष अयोध्यानाथ चौधरीलगायतका श्रष्टाहरू सम्मानित भइसकेका छन् ।
सम्मेलनमा साहित्यकारहरू आचार्यसहित रामभरोस कापडि ‘भ्रमर’, डा. रामदयाल राकेश, प्रा.डा. पशुपतिनाथ झा, अयोध्यानाथ चौधरी, करुणा झा, बिमलकान्त झा, राजाराम सिंह राठोर, गायक नविन मिश्र, कलाकार रोहित साहले भाग लिएका थिए ।
सम्मेलनमा शोभायात्रा, रुद्रअष्टाध्यायी पाठ, मिथिला रत्न र मिथिला विभूति सम्मान समारोह, कवि सम्मेलन, ‘प्रवासी मैथिली आ हुनक गाम’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार, सांस्कृतिक कार्यक्रम भएको थियो ।
विभिन्न भाषामा विशिष्ट योगदानका लागि अन्तर्राष्ट्रिय मैथिली समाजले सन् २००४ देखि प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । भारतको विभिन्न शहरमा हुँदै आएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सन् २०१०मा भने नेपालको काठमाडौंमा र सन् २०१४मा जनकपुरमा सम्पन्न भएको थियो ।
तस्विरहरू :
१. भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा नन्दलाल आचार्यलाई ‘मिथिलारत्न’ सम्मान प्रदान गर्दै संस्कृत विश्वविद्यालय बाराणसीका कुलपति डा. देवनारायण झा ।
२. भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित नेपालका नन्दलाल आचार्यसहित भारतीय साहित्यकारहरू ।
३. भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय मैथिली समाजको १२औं सम्मेलनको प्रभातफेरीमा नेपालको प्रतिनिधि मण्डल ।
तस्विरहरू : मनोहर कुमार पोखरेल



- 833 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- दिउसै अँध्यारो छ
- देशको परिभाषा
- शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
- म मरेको पल
- सिके पो !
- कुम्भ मेला २०१३– एक चिनारी
- त्राहीमाम ! (लघुनिबन्ध)
- फेरि याद आयो
- उनी नगरबधु
- सम्बन्ध
- श्रीभुँडी
- सकारात्मक सोच भए....
- दशैंको शुभकामना
- "दावित मेलेख इजरायल" भनेर चिनिने इजरायल देश
- काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
- मेरो इन्द्रेणी
- साहित्यिक यात्रामा फूल र काँडाहरू
- घर-१७
- सपना
- फर्किएर आउली फेरि
- माया नलुकाऊ छातीमा
- तिमीलाई सुन्छु
- यस्तो लोकतन्त्रमा नेपालै रहने छर ?
- पाप गरेर पेट पाल्नु
- मन्त्रीबाट कैदीमा खस्नुपर्यो आज
- अखण्ड नेपाल
- जीवनमृत्यु चोकको पसल
- छापामार
- पर्दामा आमा बन्दा
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
Dhanyabad majheri, manohar & ks sir
nandalal.acharya — Sat, 01/02/2016 - 07:57Samachar lekhi dinu bhakoma Manohar jyu & Majheri lai bhanyabad.....
नन्दलालजी, बधाइ तथा शुभकामना
editor — Sat, 01/02/2016 - 15:28नन्दलालजी, बधाइ तथा शुभकामना ।
Thank you editer sir !
nandalal.acharya — Fri, 01/08/2016 - 21:40Subhekshaka lagi dhanyabad !
....
Post new comment