Skip to content

बादलपारिको देशबाट

NabarajPandeyBikiran


बादलपारिको देशबाट सूचना आइरहेछ
सेता कफनको प्रवेशबाट सूचना आइरहेछ

परदेशमा एक देशभक्त शहिद भएको हुनुपर्छ,
उजाडिएको नारीको केशबाट सूचना आइरहेछ

यो देशलाई टुक्रा टुक्रा पारी बाँडिदेऊ सरकार,
तीन महिनादेखि मधेशबाट सूचना आइरहेछ

को गरिब को पीडित चिन्न सकेनौ हैन तिमीले,
प्रत्येक नेपालीको भेषबाट सूचना आइरहेछ

हाम्रौ धर्ती मुनि तेलको भण्डार छ के हेरी बस्छौ,
बैज्ञानिक खोज् जीवावशेषबाट सूचना आइरहेछ

२०७२-०९-१२
नबराज पाण्डे विकिरण
बोर्लाङ्ग-१, गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *