१२ वर्ष र सात वर्षका दाइ बहिनी स्कुल नजिकै पुगेको । अगाडि स्कुलको भवन र कम्पाउन्डको दृशय । दाजु बहिनीलाई पछाडिबाट देखाउने । अन्य विद्यार्थी पनिअगाडि पछाडि देखाउन सकिन्छ ।
दृष्य १
आधुनिक भान्सा कोठाको दृश्य । छोरी विवेचनाले तरकारी काटिरहेकी । छोरा लुम्बेनीले भाँडा पखालिरहेको । बुबाले एउटा चुलोमा कुकरमा भात बसालिरहेको । आमाले सामान मिलाउँदै गरेकी ।
आमा : तिमीहरूले पढ्नु पर्दैन ? होमवर्क सकियो ?
विवेचना : सबिना मिसले भन्नुभएको भान्छा पनि हाम्रो स्कुल हो रे । आमाबालाई खाना पकाउन सघाउँदा धेरै कुरा सिकिन्छ । आमाबाले पनि माया गर्नुहुन्छ भन्नुहुन्छ ।
आमा : त्यो त हो । तर तिमीहरूको पढाइ बिग्रला भन्ने डर लाग्छ ।
लुम्बेनी : पढिमात्रै रहँदा बोर हुन्छ नि आमा । कहिले काम गर्ने कहिले पढ्ने ।
बाबु : हो ठिक भन्यौ । केटाकेटीलाई सानैदेखि काम गर्न सिकाउनु पर्छ । काम गर्दै सिक्नु भनेको पढ्नु हो ।
दृश्य २
भान्साकोठाको दृश्य । आमाले भात पकाउँ गरेको । बाबुले डाइनिङ टेवुल मिलाउँदै गरेको । टेबुलमाथि किताब फैलिएको । टेबुलको एकातिर सात वर्षकी छोरी विवेचना अर्कोतिर छोरा लुम्बेनी उत्सकुता पूर्वक आमातिर हेर्दै खानको प्रतीक्षा गरेको ।
सम्वाद :
विवेचना : आमा, स्कुल जान ढिला भै सक्यो । अलि चाँडै गर्नुस् न ।
बुबा : किन हतार गरेकी अँझै एक घन्टा बाकी छ ।
आमा : नयाँ स्कुलमा जान थालेदेखि यिनीहरूले स्कुल जान हतार गर्छन् ।
बुवा : तिमीहरूले होम वर्क सक्यौ ?
लुम्बेनी : लौ बुवालाई थाहै रहेन छ । हाम्रो नयाँ स्कुलमा होमवर्क गर्नु पर्दैन । स्कुलमै सबै काम सकिन्छ ।
दृश्य ३
घरको कोठाको वरिपरिको भित्तामा र्याकमा पुस्तक, एक छेऊमा कपडा झुण्डाउने झुलेको । एक छेऊमा टेबुलमा कम्प्युटर, प्रिन्टर र स्क्यानिङ एउटा कुर्सी । बीच भागमा एउटा टेबुलमाथि ल्यापटप । त्यसैको छेऊमा विवेचना उभिएको अवस्था । बुबाले छोरीलाई स्कुलको ड्रेस लगाइदिँदै गरेको दृष्य ।
सम्वाद :
विवेचना : अब म एक्लै स्कुल जान सक्छु ।
बुबा : किताब कापीको गह्रुँगो झोला अनि खाजा, पानी बोक्न सक्छ्यौ ? मैले अलि परसम्म बोकिदिन्छु नि ।
विवेचना : लौ बुवालाई थाहै रहेनछ । हाम्रो नयाँ स्कुलमा झोलामा किताब लिएर जानु पर्दैन । स्कुलमै किताब पाइन्छ । धेरै किताब त ल्यापटप कम्प्युटरमै हुन्छ ।
बुवा : कस्तो सजिलो भएछ त मेरी छोरीलाई ।
दृष्य ४
बरण्डामा उभिएर आमाबाबु छोरा र छोरी स्कुल ड्रेस लगाएर हलुङ्गो ब्याग बोकेर स्कुलतिर हिँड्दै गरेको हेरिरहेका छन् । बुबा र आमा छोरीलाई बाइबाइ गर्न गर्दै गरेको दृष्य ।
लुम्बेनी, विवेचना : बाई बाबा ।
आमा : बाई छोरी राम्ररी जाऊ है ।
बुबा : छोरीले खाजा लैजान बिर्सी कि ?
आमा : तपाईँलाई थाहा छैन । नयाँ स्कुलमा उहीँ खाजा खुवाउँछ । विद्यार्थीहरूले घरघरबाट बेग्लाबेग्लै खाजा लैजाँदा आडम्बर र भेदभाव हुने भएकोले स्कुल आफैले खाजाको व्यवस्था गरेको रहेछ ।
बुवा : कस्तो राम्रो गरेछ । बजारको अस्वस्थकर र बासी अनि झिलिमिली पाकेटमा राखेको रद्दी खाने कुरा पनि खान परेन ।
आमा : यिनीहरूलाई स्कुल पठाउन कति गाह्रो हुन्थ्यो । अचेल स्कुल जान भनेपछि दंग पर्छन् ।
बुवा : नयाँ स्कुलले के जादु गरे छ यस्तो !
दृष्य ५
कक्षा कोठाको दृश्य । लस्करै डेस्क र बेँच राख्ने पुरानो तरिकाको सट्टा गोलाकारमा कुर्सीहरू राखिएका छन् । हरेक विद्यार्थीको आआफ्नो डेस्क र बेँच । बीस जना विद्यार्थी अद्र्ध गोलाकारमा बसेका छन् । एकातिर शिक्षिकले पढाइरहेकी छिन् ।
सम्वाद :
शिक्षिका : तपाईँहरूले बुझ्नुभयो होइन त ? कसैले बुझ्नुभएको छैन भने पुस्तकालयमा गएर हेर्नु होला । कम्प्युटर ल्याबमा गएर इन्टरनेटमा हेरे पनि हुन्छ ।
विद्यार्थी : हुन्छ मिस । पुस्तकालयमाभन्दा इन्टरनेटमा हेर्दा रमाइलो हुन्छ । बुझ्न पनि सजिलो हुने रहेछ मिस ।
शिक्षिका : हुन्छ । तपाईँहरूलाई जुन सजिलो र रमाइलो हुन्छ त्यही गर्नुस् ।
दृष्य ६
ल्याब रुम जहाँ कम्प्युटरमा काम गरिन्छ । भित्तातिर लस्करै डेस्कमा ल्यापटप कम्युटरहरू राखिएका छन् । हरेक कम्प्युटरको अगाडि छात्र र छात्रा बसेर कम्प्युटर चलाइरहेका छन् । कुनै कम्प्युटरको आगाडि दुई जना छात्र वा छात्रा बसेर एक जनाको हातमा माउस छ । एउटा कम्प्युटरको वरिपरि तीन चार जना झुम्मिएर बडो उत्सुकता साथ कम्प्युटरको पर्दामा हेरिरहेका छन् । शिक्षकले माउस समातेर केही कुरा देखाइरेको छ ।
सम्वाद :
विद्यार्थी : यो नयाँ किताब पुस्तकालयमा छैन । पसलमा पनि किन्न पाइन्न । इन्टरनेटमा आइसकेछ ।
शिक्षक : हो किताब छाप्न अनि गाउँठाउँसम्म पुर्याउन धेरै मेहनत र समय लाग्छ । इन्टरनेटमा राखेपछि जसले पनि जहिले पनि पढ्न पाउने भयो ।
विद्यार्थी : किताब किन्न पैसा पनि लागेन । समय पनि जोगियो पैसा पनि जोगियो ।
दृश्य ७
स्कुलको पुस्तकालयको दृश्य । विभिन्न उमेरका विद्यार्थीहरू बेग्लाबैग्लै ठाउँमा विभिन्न काममा व्यस्त छन् । साना केटाकेटीहरू लेगो अर्थात् प्लास्तिकका टुक्रा जोडेर घर र सामान बनाउने खेल खेल्दैछन् । कोही पज्जल गेम खेल्दैछन् । कोही पुस्तक पढ्दै छन् । कोही चित्र लेख्न र रंग भर्न लागेका छन् । पुस्तकालयको एकातिर टेवुलमाथि कम्प्युटर छ । पुस्तकालय संचालिका मिस दुई जना विद्यार्थीसँग कुरा गर्दैछिन् ।
सम्वाद
विद्यार्थी १ :मिस आज सरले हामीलाई पानीबाट कसरी बिजुली निस्कन्छ भनेर पढाउनु भएको थियो । त्यसबारे नयाँ किताब पुस्तकालयमा छ भन्नु हुन्थ्यो ।
मिस : हो, हाम्रो देशमा पानीबाट बिजुली कहाँ र कति निस्कन्छ भन्ने सचित्र किताब आइपुगेको छ । म देखाउँछु है ।
विद्यार्थी १ : धन्यवाद मिस ।
विद्यार्थी २ : अरु केके नयाँ पुस्तक आएको छ मिस ?
मिस : पुस्तकालयमा धेरै नयाँ पुस्तकहरू आइपुगेका छन् । नयाँ पुस्तकहरू ऊ त्यो दराजमा राखिएका छन् । आफैले हेर है ।
विद्यार्थी २ : हुन्छ मिस ।
दृश्य ८
कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई पढाइरहेको दृश्य । कक्षाकोठा अद्र्धगोलाकारमा आकर्षक ।
संम्वाद
शिक्षक : पढेको कुरा आफैले प्रत्यक्ष हेर्नु र बुझ्नु पर्छ । यसैले भोलि यो कक्षाको विद्यार्थीहरू दुइवटा समूह बनाएर छिमेकी गाउँमा जाने है ।
विद्यार्थी : किन र सर ?
शिक्षक : एउटा समूहले गाउँमा सत्तरी वर्ष उमेर नाघेका वा–आमा कति हुनुहुन्छ ? उहाँहरू के गर्नुहुन्छ ? भनी अध्ययन गर्ने ।
लुम्बेनी : अर्को सुमूहले नि सर ?
शिक्षक : गाउँमा कति कलकारखाना र ब्यावसाय छन् र तिनले के के काम गर्दछन् ? भन्ने तथ्यांक बटुल्ने ।
इसा : यसो गर्दा हामीलाई के फाइदा हुन्छ र सर ?
शिक्षक : यसो गर्दा सोच्ने र अनुसन्धान गर्ने बानीको विकास हुन्छ ।
दृष्य ९
स्कुलको आगन । साना केटाकेटी खेल्ने भरेङबाट माथि पुगेर स्केटीङ गर्ने, पिङ, दुइतिर बसेर ढिकिच्याउँ आदि विभिन्न खेल । केटाकेटी खेलिरहेका । अलिपरबाट लुम्बेनीले विवेचनालाई बोलाइरहेको छ ।
सम्वाद :
लुम्बेनी : विवेचना घर जाने होइन ?
विवेचना : नाइँ म त अहिल्यै जान्न । तिमी फुटबल खेल्न जान्छु भन्थ्यौ हैन ?
लुम्बेनी : हो, त्यही भन्न आएको । म फुटवल ग्राउन्डमा हुन्छु । तिमीलाई यहाँ खेल्न पुगेपछि ग्राउन्डमा आऊ है ।
विवेचना : हुन्छ दादा ।
दृश्य १०
स्कुलका फुटबल ग्राउन्ड । हरियो दुबो उम्रेको दुवैतिर बार लाएको । केटाकेटी फुटबल खेलिरहेका छन् । बार बाहिर केही विद्यार्थी खेल हेरिरहेका छन् ।
संवाद
दर्शक विद्यार्थी १ : यसपालीको जिल्लास्तरीर फुटबल म्याचमा हाम्रै स्कुलेले जित्छ ।
दर्शक विद्याथी २ : यसरी निर्धक्कसँग जित्छ भनेर कसरी भन्न सकिन्छ ? अरु स्कुलको तयारी देखेका छौ ?
दर्शक विद्याथी १ : हेर त त्यो लुम्बेनीले खेलेको । बिजुली झैँ कतिले कता, कहिले कता पुगेको हुन्छ । त्यस्तो खेलाडी हाम्रो स्कुलमा पहिले थिएन । हेर त्यसले कस्तो राम्रो सट हान्यो !
दर्शक विद्याथी २ : लुम्बेनी वक अप ।
दृश्य ११ :
सडकको छेऊमा विवेचना र बुवा हिँडिरहेका छन् । विवेचनाको पहिलेको स्कुलको साथी साक्षीसँग भेट, कुराकानी हुन्छ ।
संवाद
साक्षी : विवेचना ! किन तिमी अचेल हाम्रो स्कुलमा अउनौ नि ?
विवेचना: साक्षी, म त नयाँ स्कुलमा जान थालेको छु ।
साक्षी : ए… हो र ? कस्तो छ तिम्रो नयाँ स्कुल ?
विवेचना: कस्तो राम्रो छ ! किताबको गह्रुँगो भारी बोक्न पर्दैन । खाजा पनि स्कुलमै दिन्छ । सबैभन्दा राम्रो कुरा त घरमा आएर होमवर्क गर्नु पर्दैन ।
साक्षी : होमवर्क गर्नु नपर्ने ! कस्तो स्कुल रहेछ ?
विवेचना : सबै कुरा थाहा पायौ भने तिमी छक्क प¥छौ ।
दृश्य १२ :
लुम्बेनी र विवेचनाको घर भित्र, कोठाको दृश्य । लुम्बेनीले खेल प्रतियोगितामा जितेको शिल्ड, ट्रफी ल्याएको छ । त्यसलाई हेर्दै दुई जना कुरा गरिरहेका छन् ।
संवाद
विवेचना : आहा, कति ठूलो ट्रफी । दादा तिमीले त फुटबलमा जिल्लामै सबैलाई जित्यौ ।
लुम्बेनी : हो, विवेचना अबको म्याचमा जिल्लामै हाम्रो स्कुल पहिलो हुन्छ ।
विवेचना : पुरानै स्कुलमा पढेको भए यस्तो हुन्थ्यो त ?
लुम्बेनी : तिमीले पनि त संगीत र पौडी खेल्न सिक्न पाउन्नथ्यौ नि ?
विवेचना : नयाँ स्कुलमा भर्ना गरेर हाम्रा बुवाआमाले निक्कै राम्रो काम गर्नुभयो हैन त ?
दृश्य १३
एउटा ठूलो हलमा कतै केटाकेटीहरूले गीतार तबला सितार, मादल हामोनियम साङगी बजाइरहेको कतै केटाकटीहरू नाचिरहेको दृश्य अगाडि म्यूजिक शिक्षक र शिक्षिकाले केटाकटीहरूको गतिविधिलाई निहालिरहेको त्यो कोठाको दृश्य हेर्दा म्यूजिक स्टूडियोको जस्तो
विवेचना: इशा तिमीले के सिक्ने ?
इशा : मलाई त गीतगाउन मन पर्छ त्यसैले गाऊन सिक्ने तिमीले के सिक्ने नि ?
विवेचना: मलाई नाच्न रमाइलो लाग्छ ।
लुम्बेनी : म त गीतार र हाम्रोनियम बजाउन सिक्छु । तिमी ड्रमसेट र तवला बजाउन सिक । हुन्न सम्राट ?
सम्राट : म त अभिनय गर्न सिक्छु । नाटकमा खेल्छु । पछि गएर सिनेमाको हिरो बन्छु ।
दृष्य १४
एउटा खाटमा आमाछोरा सुतेको । अर्को खाटमा बाबुछोरी सिराक ओडेर टाउको देखिएको । कोठाको एउटा कुनामा टिभी टेबुल । दुईतिरको भित्तामा काठका दराज । भित्तामा विभिन्न खालका फोटोहरू । प्रमाणपत्रहरू झुण्डिएको बुबा अलि बढी उठेर छोरीको कपाल मुसार्दै गरेको ।
बुबा : छोरी तिम्रो नयाँ स्कुल कस्तो रहेछ ?
विवेचना : एकदम राम्रो लाग्यो बुबा ।
बुबा : के के कुरा राम्रो लाग्यो छोरी ।
विवेचना : सर मिस पनि राम्रा हुनुहुन्छ । कसैले गाली गर्नु हुन्न । पिट्नु हुन्न । खेलाउँदै सिकाउनुहुन्छ । कस्तो रमाइलो छ हाम्रो स्कुल बाबा !
बुबा : तिमी खुसी छ्यौ हैन त ?
विवेचना : बुबा म ठूली भएपछि मिस बन्छु है ।
बुबा : किन नि ?
विवेचना : सविना मिसले हामीलाई कति माया गर्नुहुन्छ । म पनि सविना मिस जस्तै बन्ने ।
बुबा : हुन्छ छोरी ।
समाप्त