टुनाबीच मायालु मन्का सवार
सफेदी लता पक्डि सन्का गवाँर
निशा जिल्ल उम्दा सराबी बयान
उषा झट्ट अाई लिई मन्द गान ।।
जहाँ यो निलो व्योमको अोत लाई
म मेरा टुनामा कता हो हराई
बुनी एक स्वप्ना म फर्केर अाएँ
घना तेज रात्री फनामा निदाएँ ।।
जुनेली निशाबीच राता दुनीयाँ
निला चक्षु बत्ती नसामा झुमीया
यि एक्ला कहाँ हो कहाँ भड्कि अाए
मुसुक्कै अँधेरी समामा रमाए ।।
झिना लक्ष्य भो अञ्जुली एक भोरी
न बाटो पता भो न हाँसो चकोरी
झुटा अाश यो किन्तु झुट्टा टुना भो
यि सङ्ला उराठी जमाना सुना भो ।।
उदाई उठेको उँचा उम्मिदा ऊ
दुई चित्त एकै लगाई उँचा ऊ
पिरा सन्कि भो झट्ट ताराम्य मस्ती
रिसाई लिए शान्तिले सुस्त गस्ती ।।
यि गैरो जमाती छिचोली सुसेली
बिराना उजाडा पिरोली जुनेली
यि कस्ता सिपालू खडा छन् कुनामा
दुखी मन्द हाँसो लिई उच्चतामा ।।
भनी दुख्ख सङ्लो कुनै अार्त देख्न
चढी भावना वस्तु मुस्कान लुट्न
कसोरी उडेँ कोपिला इत्र तित्र
झिना वस्तु अाशा ठुला एक चित्र ।।
नहो यो उजाडी नहो यो कवाडी
महा यो गफाडी जहाँ यो उजाडी
सिमा भो यि दिक्पाल जोडी मिसाल
लतारी उजाड्ने सिमा यो विशाल ।।
तिमी लाख ताना तिमी चार अाना
चिटिक्कै उषामा मिलेको फसाना
लजाई गए ईश भन्ने सुदामा
कसो अाम्छ होला परेसी फनामा ।।
अवाक् लब्ज मेरा बचाई मलाई
मिठा सत्यमा सुस्त ल्याई फसाई
मलाई खुशी धेर भो पोखुँ के मा
अहो ! याद ल्यायो उहाँका टुनामा ।।