Skip to content

किन होला यो चरी रोएको


किन होला यो चरी रोएको
जिन्दगीको पाप जति धोएको

लाखौं लाखौ मोह नदी जिन्दगीको बहार
यस्तै रैछ दुई दिनको अल्यहारी संसार
काँडाको नै शयनमा दुःखी आत्मा सुत्छ
दुई दिनको झुटो संसारमा कल्पी कल्पी रुन्छ

वासनालाई त्यागे भन्छ वासनामै रही
तपसी त भएँ भन्छ विलासिता छाई
जोगी हेर आज सबै भोगी भैसके
यो तिर्सिएको संसारमा आगो लगाइसके

कुनै बाटो बाँकी छैन, यात्री हिड्नलाई
पर्खनु त काम छैन विलासिता छाई
शुभयात्रा शुभकाम शुभबाटो लागौं
भावी हाम्रो संसारलाई स्वर्ग बनाई छाडौं

(यो गीत आफ्नै कवितासङ्ग्रहबाट लिएको हो)

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *