Skip to content

हेर्छु तिमीलाई म


हेर्छु तिमीलाई म संसार देख्छु
बार बार जिउने आधार देख्छु

अरु दुनियाँमा के छ र त्यस्तो
तिमी मै त्यो अपरम्पार देख्छु

जादु बोलीमाचालको के कुरा
दिल चोर्ने नयन धार देख्छु

छटपटीन्छु एक्लै कहिलेकाहीं
जब तिम्लाई आफ्नै यार देख्छु

तिम्रै हो”आभास” यस्तै लाग्छ्
त्यो दिलमा जब प्यार देख्छु

-जे आर “आभास
(२०७२।०९।१९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *