Skip to content
TulSinghNepali


गणतन्त्रको नाममा आज,
मधेश ठप्प भाछ !
जिउँदै लुछ्ने ब्वॉंसाहरू,
एकजुट भइराछ !

चर्का छन् नाराहरू,
भर्न आफ्नो पेटलाई !
केको राष्ट्र केको झण्डा,
हात मुखको भेटलाई !

गुमेका ती आशाहरू !
खेल हार्दा खेरी !
संविधानले जुर्मुराउने,
मैका दियो फेरि !

देशको लागि लाग्ने नारा,
जागिर यिनको भएछ
जनता ठगनु धुकुटी सक्नु,
धर्म यिनको रहेछ !

मातृभूमि यिनका लागि,
भईराछ काँक्रो !
टुक्रा टुक्रा चिरा चिरा,
पारी यसलाई चॉंडो !

निल्न पाए पुगछ यिनलाई,
केको राष्टवाद !
यही कारणले सारा मधेश,
पछि लाछन् आज !

तुलसिंह नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *