बाँचेरै पनि यहाँ, मर्ने हजार छन्
मरेर पनि केही, गर्ने हजार छन्
राम्रो नराम्रो, दुबैको नाम चल्छ
बाँडिएर दुईतिर, पर्ने हजार छन्
उन्नति गरौं सधैं, भन्छ सब्ले यहाँ
आ-आफ्नो कर्मको फल, भर्ने हजार छन्
देखावटीमै चलेको छ, सन्सार जताततै
आफू अन्सारको सोच, छर्ने हजार छन्
पाप र धर्म, तिमीमा भर पर्छ सधैं
संघर्ष को खोला, तर्ने हजार छन्
रन्जना न्यौपाने
चरीकोट, दोलखा