Skip to content
BhimsenKhadka


कामको सिलसिलामा बिर्खे तराई झरेको ५ वर्ष पुग्यो होला । कहिले गयो अनि कति भयो खासै उसलाई हेक्का छैन । तर उसलाई लागेको छ धेरै भयो । तराईका एक जना जमिन्दार को घरमा काम गर्छ अनि चाड पर्वमा पहाड झर्छ । कहिले पहाड कहिले तराई उसको पानी पधेरो भएको छ । तर जमिन्दार बुढा अलिक संकी छन् । उनको बानी बेहोरा अलि फरक छ पहाडियासँग । उनले पहाडिया र मधेशी बीचको खाडल देखेका छन् । दुवैले दुवै लै होच्याउने प्रवृति चलिराखेको छ । उनले पनि त्यही गर्छन जो अनपढ अनि गाबरले गर्छ । पहाडियासँग उनको नकारात्मक सोच । लाग्छ उनीलाई पहाडियासँग अर्को रगत छ। यस्तै गरी समय चल्दै छ ।

भारतबाट पढेर आएको छोरा को दुर्घटना हुन्छ।समूह मिल्ने रगत को खोजी हुन्छ जताततै। आफन्त साथी भै सबैसँग बुझ्दा पनि रगत नमिलेपछि छोरा को माया मारेका जमिन्दार सारै दुखित देखिन्छन।घरमा सबैका आँखा ओभाना छैनन्। बिर्खे काम गर्न बसे पनि उसलाई त्यो घरको त्यति नै माया थियो जो उसले पहाडमा आफ्नालाई गर्ने गर्थ्यो ।

रगतको समूह को बारेमा केही ज्ञान नभएको बिर्खे अस्पतालमा गएर सबै कुरा गर्छ डाक्टरसँग।ढुङ्गो खोज्दा देउता मिलेझैँ उसको रगतको समूह मिल्छ जमिन्दारका छोरालाई। मीर्तुलाई कुरेर बसेका जमिन्दारको छोरा को ज्यान बचाउने भगवान हुन्छ बिर्खे।रगत दिएर ज्यान बचाए पनि जमिन्दारको डरले पहाड फर्कन आफ्ना सबै समान बोकेर जान्छ बसपार्कमा ।

बिर्खेले घर छोड्यो उता छोरा बाँचेकोमा खुसी छन् जमिन्दार सहित सबै जना।छोरा घर आए पछि कुरा भयो कसरी कसले रगत दियो।डाक्टरसँग सल्लाह भएको थियो बिर्खेको कि यो कुरा कसैलाई नभन्नु।डाक्टरले सबै कुरा गुपचुप नै राखे। जमीनदारका छोरा पनि तिनै अस्पतालका डाक्टर थिए। भोलि पल्ट उनले फाइलमा देखे आफ्नै घरमा काम गर्ने बिर्खेले उनीलाई बचाएका रहेछन ।

बसले हानेर एउटा पहाडिया घाइते अस्पतालमा लगिएको रहेछ। जमीनदार बुढा भन्दै थिए मेरो घरबाट कामको गारोले भागेको थियो गाडीले हानेर घाएल भएछ अब उसको पहाडतिर खबर गर्नु पर्यो। जमिन्दारको छोरो अबाक भयो।आँखाबाट आँसु झर्न थाले। मेरो ज्यान बचाएर आफू मर्ने खोज्ने हे देउता मधेशी छोरो यो पाउ छुन्छ घिनले छुदैन । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।

जमिन्दार बुढालाई थाहा भयो मनबिये भावना।आज भोलि उनी समाजका ठुला समाजसेबी भएका छन्।सबैलाई सिकौछन बुझौछन।जमीनदार बुढाले आफ्नै छोरा जाति कै अंसा दिए बिर्खे लै। दुवैले आफ्नो कर्तव्य पुरा गरे। कोही भन्दै थिए सबैतिर एस्तो भए किन गर्नु पर्यो बन्द हड्ताल अनि काटमार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *