Skip to content

यो कस्तो समय

RanjanaNeupane-03


दौडिन्छ सधैं आफ्नै तालमा, यो कस्तो समय
गरिदिन्छ नयाँ उस्को चालमा, यो कस्तो समय ?

हसाइदिन्छ कहिले, कहिलेकाहीं रुवाइदिन्छ
झुलाइदिन्छ उस्कै जालमा, यो कस्तो समय ?

भेटिदैन कहाँ छ यो, कहाँ खोज्ने कति खोज्ने ?
अल्झाइदिन्छ हरेक सवालमा, यो कस्तो समय ?

को आफ्नो हो को पराई, चिनाइदिन्छ बिस्तारै
उथलपुथल जीवनका छालमा, यो कस्तो समय ?

घटाउँदै छ जवानीलाई, लैजादैछ कतै टाढा टाढा
मुर्ख बनाउँदैछ नयाँ सालमा, यो कस्तो समय ?

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *