Skip to content


मेरो हार नै तिम्रो लागि एउटा जित भो
मेरो आँसु गीतकारलाई एउटा गीत भो ।

जब खान्छु पाइलैपिच्छे ठक्कर र चोटहरू
‘सरब’ नै जीवनको असल एउटा मित भो ।

हाँसीखुसी बाँच्छु जीवन भनी कल्पन्थेँ
हाँस्नु भन्नु जीवनको एउटा धित भो ।

जुनै तन्त्र आए पनि खै के नापियो र ?
थिचिने र थिच्चिनै पर्ने जीवनको एउटा रित भो ।

-तारुका-१, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *