Skip to content


दुखमा नै जिएकीछ मेरी धरा
आँसु झारी पिएकी छ मेरी धरा

बम् र गोला चलेका चल्यै छन् यहाँ
शङ्ख साथै लिएकी छ मेरी धरा

चीर तान्यो कतै चाल पाए पनि
फेरि माया दिएकी छ मेरी धरा

पीर मर्का दिलैमा सुनामी भए
वक्ष आफै सिएकी छ मेरी धरा

शत्रु-मित्रु सबैको म साथी “हुँसैन”
साथ-साथै खिएकी छ मेरी धरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *