Skip to content


मुस्कानको लहरी छुटेको छ
यसलाई म हाँसो भन्न सक्दिन
आँसुको वर्षण वर्षेको छ
यसलाई म रोदन भन्न सक्दिन
दूर भएर पनि नजिकै छौ
यसलाई म बिछोड मान्न सक्दिन
छैनौ नजरमा तिमी
तब मिलन भन्न सक्दिन
बिरह छ भने बिरह हैन
वेदना भनु भने वेदना भन्न सक्दिन
तर टाढा भए पनि
बिछोड मान्न सक्दिन
यो के हो ?
मलाई थाहा छैन

सदानन्द अभागी
(मिति २०२७ जेष्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *