Skip to content

पूजाका फूलको जोरजाम

नाम कोपिला भएजस्तै फूलकी सौखिन छिन् कोपिला । घरका कौसीमा समेत नाना थरीका रंगीबिरंगी फूलहरु गमलामा फुलाएर उनले आफ्नो सौन्दर्यप्रियताको उदाहरण देखाएकी छिन् । उनी धर्मकर्म भनेपछि हुरुक्क हुन्छिन् । कता पुराण छ, कता भजन कीर्तन छ अनि केता यस्तै केके पूजापाठहरु कहाँ कहाँ हुन्छन् भनेर उनलाई जानकारी हुन्छ । प्रौढ भएर पनि त्यस्तो अवसरमा नाच्न पनि निकै सिपालु छिन् । कीर्तन र भजनको धुन आयो कि स्रोतामण्डलीबाट पहिले उनै उठेर छमछमी नाच्न थाल्छिन् अनि अरु भक्तजनहरु । बिहान एक घन्टा ता उनलाई पूजापाठमै लाग्छ । भगवानलाई फूल पाती प्रसाद आदि चढाएर नित्य वन्दना गरेर बिहानको समय बिताउँछिन् । घरमा नोकर चाकरहरु भएकोले उनले केही गरिरहनु पर्दैन । कोही भात पकाउने, कोही लुगा धुने र कोही पूजाका लागि सामान तयार गर्ने नोकरहरु छन् । पूजाका लागि सामान तयार पार्ने केटीलाई भने अलिक हुर्मत छ । उसले नचाहेर पनि चोखो नितोका लागि त्यो केटीले नुहाइधुवाइ गर्नैै पर्छ । अनि मात्र पूजाका भाँडाकुँडा मल्न पाउँछे र त्यस पछि मात्र चढाउने फूलहरुको जोरजाम गर्ने अनुमति पाउँछे । ननुहाई टिपेको पूmल ता उनी चढाउँदै चढाउँदिनन् ।
“कहाँ गइथिस् यतिका बेर ? यहाँ मलाई पूजा गर्न ढिलो भइसक्यो । फूल ल्याइस् ल्याइनस् ?” गाली गरिन् कमलीलाई ।
“उताको घरबाट चोरेर ल्याऊँ भनेको ता झन्डै कुटे नि । पूmल टिप्तै थिएँ देखिहाले । के के भनेर हकारे” कमलीले भनी ।
“लौ अलिक होस गरेर चोर्नु पर्दैन त ? के भनेर हकारे ?” सोधिन् ।
“होस गर्दागर्दै नि देखिहाले । बूढी मान्छेले ता तपाईंलाई सराप्तै भनी—आफ्ना घरका थाप्लामा पूmल फुलाएकी छे, यहाँ हाम्रोमा चोर्न पठाउँछे । कस्ती लबस्तरी नकचरी होली !” भनी । अनि भनेर मलाई झन्डै कच्चेटले हानी ।
“हँ कस्ती हो त ? म जेसुकै गरुँ नि । त्यसलाई के मतलब ? झन् उसका घरको फूल मेरो भगवानलाई चढाएकोमा खुसी हुनुको साटो गाली पो गर्दी रैछे । भैगो भोलिदेखि त्यसकोबाट नचोर् है ।” अराइन् ।
“हो त…………..!”
“लौ भोलिदेखि त्यहाँबाट नले है” अराउँदै भनिन् ।
“अनि कताबाट ल्याउनु त ?” सोधी ।
“त्यसको साटो पल्लोपट्टि दोकानेको घरबाट यसो नदेख्ने गरी ल्याउने गर् न बरु । अथवा हेर्नु नि कसकोमा अलिक सजिलैसँग फूल चोर्न पाइन्छ त्यहाँबाट ल्याउनू ।” फेरि जुक्ती दिइन् ।
‘अनि दिदी साँची हाम्रैमा भएको फूल चैं किन टिप्नु हुन्न ?” कमलीले सोधी ।
“जिन सुकै होस् नि । तँलाई कसले बाठी हुन लगायो ? म तेरो मुख च्यातूँ ?” भन्दै कोपिलाले कमलीलाई राता राता आँखा लगाएर “जे अराएको छ त्यही गर्नू” भनिन् । कमली भने उसकी मालिक्नीका राता राता आँखा देखेर अलिक तर्छिई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *