Skip to content

संबिधान

उसको नाम अप्सरा रे , हेर्दा सिखुटी छे । करिब टेकी होला वर्ष १५ । यो उमेर त राम्रो लाउने मिठो खाने। तर कर्मले ठग्यो। सधै उही पुरानो म्याक्सी त्यो पनि कसैले दिएको जडौरी हुनुपर्छ। जिउ भरि मैला कपाल पनि मैलै। स्याउ जस्ता गाला हुनु पर्ने उमेर तर बिचरा पतेराले चुसेको धानको फोहोटा जस्तो । बाबु उ सानै छदै भारत छिरेका रे आफ्ना चिचिला लाला बाला छोडेर , राम्रो नाना र पापा लियर आउछु है भुन्टी भन्दैछोरी अप्सरालाई । तर आज सम्म अत्तो पत्तो छैन रे । उसको दुइ दाजु जनताको संबिधान ल्याउने भन्दै कुन्नी कसले लगेका रे । ६३/६३ मा लोकतन्त्र आयो रे तर भुन्टी का दाइ आएनन रे । उ तल बारीको पाटो बाट कोहि नौलो मान्छे उकालो लागेको देखे आफ्नै दाजुहरु जीते र सुखिराम तिनै हुन् कि जस्तो लाग्छ रे भुन्टीलाई । जीते र सुखिरामले लडेको पार्टीका मान्छेहरु थुप्रै पल्ट प्रधानमन्त्री मन्त्रि भए रे । पसलतिर गफ गरेको सुन्छे भुन्टी तर त्यति भेउ पाउदिन । अब त आमा पनि लोग्ने र छोराको चिन्ताले रोगि भैसकिन बिचरा । कहीलेकाही सपनामा देक्छिंन रे । लोग्नेले भुण्टिकि आमा एक लोटा पानी ले न भनेको । अनि जीते र सुखिरामले आमा भोक लाग्यो मकै भुटन भनेको त्यसपछि निन्द्रा पर्दैन रे। पुरानो भूत्तोको सिरानी भिज्छ रे आसुले । लोग्ने मुग्लान पसेपछि मिठो चोखो परै जावोस अन्नले आन्द्रो कसिलो हुन पाएको छैन। भुण्टिको पनि उही हो कथा । आफ्नो बारीको अनाजले दुइ महिना धाञ्छ,त्यो पनि एकदम मुस्किलले । अब त उमेरले पनि नेटो काट्यो त्यसमाथि रोगि मेला पात पनि कसले पो पत्त्याउने । भुन्टी शायद कुपोषणले होला जिउ नै लुली । सानो छद पापी जिब्रोले मिठो चोखो चाख्न पाएको भए पो ।
धेरै वर्ष पछि फेरि जिन्दाबाद को नारा गुञ्जियो पसल नजिकको चौरमा । यसपाली त झण्डा पनि तीनथरी पो थिए त भुन्टी त्यति कुरो बुज्दिन। स्कुलमा पाइला परेको भए पो। नया नया मान्छेहरु मन्चबाट हामीले जनाताको संबिधान ल्याई छाड्यौ भन्दै जुँगामा ताउ लगाउदै कुर्लन्थे । त्यो पनि एक हप्ता भो। टुकी बत्ति को धिप धिप उज्जालोमा ढिडोको डल्लो त्यसै थालमा तर्लंगा परेको गुन्द्रुकको झोलमा डोबदै घुर्लुक्क निल्दै भुन्टीले आमासंग सोधी आमा जनताको संबिधान आयो रे नि ? पेटभरी भात खान पाइन्छ होला है ?
जितेकि आमा जसले जिन्दकी भर हारिन उनै सुखिरामकि आम़ा जसले जिन्दगिभर बाउन्न हण्डर त्रिपन्न ठक्कर खाईन । भुन्टीको पेटभरी भात खान पाइन्छ होला है आमा ? शब्दले आसुको बर्षा भो त़प त़प ढिडोको डल्लो माथि पर्यो । दिनभरीको भोको पेट भए पनि, भोकले पेट कोक्याए पनि बाकि ढिडो निल्न सकिनन् । कुच्चेको थाल ढिडो सहित पर धकेलिन । आशु थामिएन । भुन्टीको बाबु ,छोराहरु जीते र सुखिरामको यादमा मुटु भक्कानियो सायद उनीहरु भैदेको भए उनीहरु पनि संबिधान घोषणामा दिप बाल्न जान्थे। जिन्दाबाद जिन्दाबाद नारा लाउथे नेपाली झन्डा बोकेर । ,भुन्टीले पेट भरि भात खान
पाउथी ……..कि ?
काजीदाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *