न बोलु त तेसै तेसै बोल्न मन लाग्छ
बोलु भने तिम्रो साथ छुट्ने डर लाग्छ ।।
मेरो जुनी तिम्रो लागि भाक्दै देउराली
खाउ बाचा कसम भने टुटने डर लाग्छ ।।
ठेस लागि विश्वाशमा मन फाटे पछि
जस्तै दह्रो सम्बन्ध नि फुट्न कर लाग्छ ।।
दिल भित्र सम्झना संगालेर राखे नि
भेटै नभै जिन्दगी यो उठ्ने डर लाग्छ ।।