• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

के मेरो देशमा सरकार छ र ?

Mohan Moon — Wed, 02/17/2016 - 05:32

  • राजनीतिक विश्लेषण
  • मोहन राज बराल 'मुन'
  • नेपालीनेपालीडटकम

मलाई त्यो नाकाबन्दीको अझै याद छ।सम्झनाको कुइनेटामा त्यो नाकाबन्दी हिजो झै लाग्छ।म त्यस बखत ७ बर्षको हुँदो हु।कुरा बि.स.२०४५ सालतिर कै नाकाबन्दीको हुन।त्यसबेला संचार माध्यमको रूपमा रेडियो नेपाल थियो र छापामा गोरखापत्र।त्यस बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए।

उनिलाई त्यसबेला देशभक्ति नेताको रूपमा प्रचार गरिएको हुन्थ्यो।मानिसहरू गाँममै खेतिपाती गरेर बस्ने थिए।बैदेशिक रोजगारमा जाने भनेको कि त वेलायतमा कि सिंगापुरमा लाहुरे हुने या त भारतिय आर्मीमा भर्ति हुने नै थियो। बैदेशिक रोजगारमा अन्य पेशामा गए भारत सम्मको यात्रा हुने थियो।त्यस बेला शहरमा मानिसको बस्ति पातलो नै थियो क्यारे ।

खेति गर्ने फाँट टन्नै थिए।शहरमा पनि मानिसहरूले गाई र भैसीहरू पाल्ने थिए।फेरि खेतिपाती पनि गर्ने थिए।सवारी साधनहरू पनि कम्ति थिए।त्यस बखत म ७ बर्षको बालकलाई साँच्चै भन्ने हो भने पेट्रोलियम पदार्थको कत्तिको असर पर्यो थाहा नै भएन।फेरि त्यस बेला खाना बनाउन दाउरा प्रयोग गरिन्थ्यो।ग्याँस मानिसहरूले प्रयोग गर्थे वा गर्ने थिएनन? हेक्का नै भएन।त्यो बेलामा मैले प्रत्क्षय भोगेको अभाव चिनीको नै थियो। अभाव भएतापनि जहाजबाट चिनी ल्याईन्छ भन्ने चर्चा हुन्थ्यो।हुन पनि हामी चिनीको लागी कुपन लिन जाने थियौ।मेरो मानसपटलमा कुपन लिएर क्यूमा बसेको अझै याद छ।

तर अहिलेको नाकाबन्दी भोग्दा त्यस बेलाको जनताहरू र अहिलेका हामीहरू तथा त्यस बेलाको सरकार र अहिलेको सरकार बिच आकाश जमिनको फरक देखिन्छ।त्यस नाकाबन्दीका बेला व्यवस्था पञ्चायती थियो । यसकारण बहुदल चाहने दलहरूले नाकाबन्दीको कारण भारतको व्यापारिक स्वार्थ भएता पनि कथित निरंकुशतालाई देखाएर प्रजातन्त्रवादी देखिन सजिलो थियो ।

मेरो बाल्य मानसपटलमा क्यूमा बसेर चिनी ल्याएको , १ केजीको रू ७ पर्ने चिनीलाई एक जना ब्यापारीले रू ८ मा बिक्री गर्दा पुलिसले समातेको मेरो आँखै अगाडीको यो घटना र तत्कालीन प्रधानमन्त्रीले नाकाबन्दीको सामान गर्न तेस्रो देशबाट ल्याएका दैनिक उपभोग्य सामानहरूको चर्चा अझै मेरो मानसपटलमा ताजा नै छ।त्यस नाकाबन्दीलाई अहिलेको नाकाबन्दी भईरहेको यस अवस्थामा सम्झिल्याउदा बरू एकबारको जुनीमा त्यसबेला कालोबजारी राज्यको नियन्त्रणमा थियो की ? राज्य जनताप्रति उत्तरदायित्व थियो कि ? झै लाग्छ।

फेरि नेपालमा भारतको नाकाबन्दीको ईतिहास हेर्दा उसको यो रबैया सन् १९६२ मा जवाललाल नेहरूको सरकारको पालामा देखि सुरु भएको हो । त्यसबेलाको प्रपोगाण्ड उसको पूर्व स्वीकृति विना राजा महेन्द्रले पंचायती व्यवस्थाको शुरूवात नै थियो। त्यो बेला भारत र चीन बिचको सिमा युद्दको कारण भारतले नाकाबन्दी दुई सातामै अन्त्य गर्‍यो।लाग्छ त्यो बेला हाम्रा हजुरवुवाहरूको युग थियो।फेरि वि.स २०४५ मा भारतले नाकाबन्दी गर्दा हाम्रा वुवाहरूको युग थियो।फेरि यसपटकको नाकाबन्दी हाम्रो युगमा भईरहेकोछ।

यो नाकाबन्दीसँगै हामी तिन युग फाल्दै छौ।फेरि हाम्रो प्रवृति उहि नै हो। फेरि हरेक नाकाबन्दीले हामीलाई विभाजन गराउदै आएको छ।पहिला उसले लगाएको नाकाबन्दीमा बहुदल चाहने बहुदलबादी दलहरू खुशी थिए भने यस पटक क्षेत्रीय राजनिति गर्ने र छुट्टै मधेश चाहिने मधेशवादी दलहरू खुशी छन।फुटाउ र राज गरको रणनीति अपनाउदै नेपालमाथी आफ्नो रबैया प्रस्तुत भईरहेको छ।

फेरि हाम्रा दलहरूको सबैभन्दा खतरनाक रबैया चाही नाकाबन्दीको विरोधमा समान मत बनाउन नखोज्ने र राष्ट्रिय हितका बारेमा चरम उदासीनता देखाउने रहेको छ। हिजो पंचायतकालमा मरिचमान श्रेष्ठको सरकारले नाकाबन्दीको सामना गर्न जति प्रयास गरेका थियो त्यसको एक छेउ पनि अहिलेको सरकारले प्रयास गरेको देखिदैन।अहिले कालाबजारीको संरक्षण कर्ता सरकार भएको देखिन्छ।

नाकाबन्दीबाट फाइदा उठाउन कालोबजारी र तस्करी गर्ने जति छन ति कर्मचारीदेखि कार्यकर्तासम्मका ती सबै मानिसहरू कुनै न कुनै दलका झोले कार्यकर्ताहरू छन् । अहिले नाकाबन्दीका विषयमा दलहरूका बीचमा साझा वक्तव्य पनि आउन सक्ने अवस्था छैन । यसकारण फेरि हामी नाकाबन्दी बिरूद्द कहिल्यै पनि एक जुट पनि हुन सकेका छैनौ।

भारतले हामीलाई तीन पटक सम्म नाकाबन्दी लगाउदा हाम्रा व्यवस्था पनि तीन थरीनै छन।पंचायती व्यवस्थाको शुरूवात,फेरि यो व्यवस्थाको विरूद्ध आन्दोलन उत्कर्षमा पुगेको अवस्था र अहिले गणतन्त्रमा पुगेर संविधान सभाबाट संविधान घोषणा गरेपछिको अवस्था ति अवस्थाहरूमा हामी नाकाबन्दी खेपिरहेका छौ।फेरि अहिलेको भारतीय नाकाबन्दीको प्रकृति हेर्दा पहिलेको भन्दा नितान्त फरक देखिन्छ । पहिलेका नाकाबन्दी त्यसको व्यापारिक स्वार्थमा केन्द्रित भएको झै देखिन्थ्यो।तर अहिलेको नाकाबन्दी मुखले जे सुकै कुरा गरेतापनि मुख्यत: राजनीतिक प्रणालीमा केन्द्रित नै छ।

पञ्चायतकालीन नाकाबन्दी र अहिलेको नाकाबन्दीलाई तुलना गर्ने हो भने अहिलेको गणतन्त्रिक शासन प्रणालीले देशलाई पञ्चायती व्यवस्था भन्दा धेरै गुणा तल झारेको र अकल्पनीय रूपमा भारत निर्भर बनाएको तथ्य छर्लंग भईरहेको छ ।फेरि वि.स.२०४६ सालको राजनैतिक परिवर्तन पछि जुन किसिमको स्वतन्त्रताको लहर आयो, त्यसलाई अर्थतन्त्रले धान्न सकेन। मानिसहरुले गाउँ छाडे। तर सहरमा पनि टिक्न सकेनन।मानिसहरूले विस्तारै कृषि पेशा छाडे र उद्यम गर्न सकेनन्। गाउँका सबै युवा कि सहर तिर कि मुग्लान तिर रोजगारको लागी गए।

फेरि यसको मुल कारण राजनैतिक अस्थिरता नै थियो।फेरि अहिलेको गणतान्त्रिक व्यवस्था हुदाको नाकाबन्दीमा देखिएको अर्को तथ्य के हो भने भारतीय सत्ताबाट प्रत्यक्ष वा परोक्ष रूपमा नपालिएको एउटा पनि सत्तावादी या त प्रतिपक्ष दल छैन । सबै दलका प्राय:नेताहरू तथा उच्च तहका कर्मचारीहरू कुनै न कुनै रूपमा भारतको हातमा बिकेका छन भन्ने कुरा अहिले गरिरहेको आलटालबाट नै प्रष्ट हुन्छ।फेरि अहिले जनता अन्यौलमा छन। देशमा सरकार छ की छैन? सरकार गुमनाम जस्तै छ।लाग्छ हाम्रो सरकार नाकाबन्दी सँग सामना गर्न या आत्मनिर्भर तर्फ लम्कन चाहेको देखिदैन।

बरू जनतालाई उखान टुक्काहरू सुनाउन र कहि नभएको जात्रा देखाउन तल्लिन छ। देशमा संकटै संकट छ ।भूकम्प पीडित जनताहरू ओडने कपडा नभएर जाडोले मरिरहेका छन् ।ग्याँस र पेट्रोलियमको अभाव चरम अवस्थामा छ ।बिजुली छैन।लोडसेटिड्ग बोढिरहेको छ।यो छैन ,त्यो छैन,देशमा छैन मात्रै छ ।यस्तो बेलामा राष्ट्रवादी आवरणमा आएका ओली सरकार देशमा मन्त्रालय थपि थपि सत्ता लम्बाउन मन्त्री नियुक्त गर्ने यी फ्रान्सको राजा लुइ सो-हौं भन्दा पटक्कै फरक छैनन।

सायद देश र जनताको रतिभर माया भएको भए त मन्त्रालय घटाएर मन्त्रीको संख्या घटाउने थिए ।अहिले जनताले ओली सरकारलाई शेरबहादुर देउवाकै अर्को रुप देख्दै छन् ।मन्त्रालय फुटाएर ३ अर्ब खर्च बढाउदा अब अझै धेरै जनता भोकै बस्नु पर्ने हुन्छ ।अझै धेरै जना नाङ्गै रहनु पर्छ ।अझै कति भूकम्प पीडित मर्नु पर्ने हुन्छ । अाखिर कुशासनको मूल्य त जनताले नै तिर्ने हो ।

अहिलेको हाम्रो देशको राजनितिले हाम्रो पुस्तालाई गतिशील हैन कि गतित्व बनाईरहेकोछ। फेरि हाम्रोमा स्वतन्त्रता यति धेरै माथि पुगेको छ कि तर हामीले टेक्ने भूइँ भने अझ कमजोर भईरहेको पत्तो पाएकै छैनौ।या त पाएर पनि बुझबुझाई रहेका छौ।जापनको हिरोशिमा र नागासाकी अणुबमले ध्वस्त भए पछि त्यसबाट पाठ सिकेर अहिले विश्वको उष्कृट सहरमा पर्छन।

हामीले बाढी पहिरो,भुकम्प,युद्द,नाकाबन्दी सबै किसिमका अप्ठ्याराहरू व्यहोरिसक्यौ तर कहिले पाठ सिक्ने हो खै? फेरि जापानिजहरू जे कुराको बजारमा अभाव हुन्छ त्यहि कुरालाई प्रयोग नै गर्दैनन रे।ताकी कसैले प्रयोग नगरेपछि बजारमा त्यो सहजै आपुर्ती होस।तर हामी उल्टो छौ।त्यो देखि यो नाकाबन्दी सम्म आईपुग्दा हाम्रा उद्योगधन्दाहरू “कुखुरी काँ ….खै खोला सुक्यो ” भन्ने बालकविता जस्तै भएका छन।

हामीमा पनि परिवर्तनशीलता देखिएको छैन।हामी झन झन परनिर्भरतातिर लम्किरहेका छौ।हामीले झन झन कालोबजारीलाई संस्कृतिको रूपमा विकास गर्न खोजिरहेका छौ।हाम्रो चुपचाप मौन लक्षणमले यिनै कुराहरूलाई अनुमोदन गरिरहेकोछ।

अहिलेको नाकाबन्दीमा नेपाली जनताहरूले दुःख भोग्नुको कारण सरकारको खराब कृयाकलाप मात्र नभइ जनताहरूको मौनता पनि हो । तर पनि यो संकटको घडीमा सधै मनमा एउटै प्रश्न खेलीरहन्छ, के मेरो देशमा सरकार छ र ?
(२७ डिसेम्वर २०१५मा नेपालीनेपालीडटकममा प्रकाशित)

  • 764 reads
Tweet facebook

मोहनजी मझेरीमा कृपया

editor — Wed, 02/17/2016 - 09:13

मोहनजी
मझेरीमा कृपया साहित्यिक रचना मात्र प्रकाशित गरिदिनुस् न है ! राजनीतिको लागि जति भने पनि पोर्टलहरू छन्, त्यतातिर प्रकाशित गरे बेश होला ।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    1 min 36 sec ago
  • Reply to comment | मझेरी डट कम
    2 min 30 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 21 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 21 sec ago
  • Continue trophoblast mimicking stars, most wash-outs.
    5 min 25 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 36 sec ago
  • Continue trophoblast mimicking stars, most wash-outs.
    5 min 44 sec ago
  • Trust withdrawn, plexuses, skewed pain, melphalan flora.
    6 min 17 sec ago
  • Trust withdrawn, plexuses, skewed pain, melphalan flora.
    6 min 31 sec ago
  • The motility instructions divergent convincing caution.
    11 min 26 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • मेरो चिता फुलै फूलले
  • मेरो पढाई
  • कोही गरिब कोही अमिर छन यहाँ
  • हँसिला अनुहार सबै हाँसेकै छन्
  • खै कसरी भनौ
  • ओठ तिम्रो स्पर्स चाहन्छु
  • बिना बिहे आमा बन्न
  • देश बनाऔँ
  • छाउगोठ मसाऊ सरकार
  • साहित्यकार अमरको तीज गीत सार्वजनिक
  • केही तांका
  • खरेलको रे निबन्ध संग्रहभित्र के
  • कस्ले के के गर्छन यँहा
  • जन्मी हुर्की बढ्या देशको नाउँ नसोध
  • खहरेको भेल-रहेछ
  • म एक्लो मान्छे
  • ईतिहास रटाउनु छ
  • भगवानै हुन्न यहाँ न विद्वान हुन्छ
  • म पनि बिहे गर्ने
  • सिनेमाका असल साथी श्री
  • सिक्नु एउटा सुरुवात
  • कविता शृंखला (दुख : ०८)
  • यात्रा आरम्भ गरौँ
  • आमा
  • गाँजलु ती नयनमा
  • शिव वन्दना
  • देउरालीमा धा'छौ सानु
  • कहिले खुल्छ आँखा तिम्रा हे मुर्ख जनता
  • छोरी तिमी जन्मनुपर्छ
  • विजया दशमी २०६५ को शुभकामना
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित