Skip to content

हत्केलाको रेखा हेरि, भाग्य भन्छु भन्यौ।।
भाग्यमा रैछ भने, तिम्रै बन्छु भन्यौ।।1।।

‘बाँझो त्यो दिलबारीमा, फूल रोप्नलाई।
चट्टानै भए पनि, जोत्छु खन्छु’ भन्यौ।।2।।

अरुले तिरस्कार र, घृणा गर्दा गर्दै ।
‘आफन्तैको पँक्तिमा, म गन्छु’ भन्यौ।।3।।

मेरो जीबन सहज छैन, भन्दा भन्दै किन?
‘जति दुख परे पनि, सहन्छु भन्यौ?4?

Leave a Reply

Your email address will not be published. Required fields are marked *