Skip to content

बा /हजुरबा/ म(निबन्ध )

2016-01-30 10


फरक कति निस्कियो हिजो र आजमा !हिजो म सानो थिए,आज जवान छु र भोलि फेरि म अधबैंसे हुँदै वृद्ध हुन्छु अनि आजकै जस्तै कुनै एक दिन,कुनै एक बार,कुनै एक मिनेट,कुनै एक सेकेन्डको समय भित्र मेरो लिला सकिन्छ संसार बाट ! नसकियोस पनि,म जन्मदा हजुरबा बुढा थिय,बा तन्नेरी थिय अहिले हजुरबा बिति सके बा बुढा भएका छ्न र म तेहि बालक हुँ आज तन्नेरी भएको छु।
हजुरबा र म उस्तै लाग्थ्यो उनी पनि म जस्तै परजीवी थिय।अर्काले दिन्छ खायो, अझ मलाइ सजिलो थियो हजुरबालाइ भन्दा म रोइदिन्थे मैले प्राथमिकता पाउथे ती बुढालाई कहिले त देखि सायद रिस नि उठथ्यो होला।तर समानता धेरै थिय जस्तो लाग्थ्यो होइन रै छ।हिजो जवान हुदा हजुरबाले जिउदै बाघ समाउनु भो रे,खेतिपाती जोड्नु भो रे,झुपडी बाट घर बनाउनु भो रे,सन्तान पढाउनु भो रे,तरबार र खुकुरी बोकेर हिड्नु भो रे ,सुरिला थिय रे बुढा।बाको कुरा गर्ने हो भने उन्ले पनि क्रान्ती गरेछ्न उन्को तन्नेरी कालमा।गाउका तरुनी एउटै छाडेनन् छ्न, काधमा आठ डोरे जनै भिरेर सुङ्गुर र कुखुराको मासु समेत खान भ्याय छ्न भोटे गाउमा मास्टर भएर जादा।माटोको घर बाट सिमेन्टको महल बनाय छन ,गाउमा दुख भो भनेर भय जतिको जायजेथा सबै छाडेर यम्बुरी हानिए छ्न ,तेति बेला सम्म म जन्मेको थिन अरे!
अब मेरो कुरा गरौ, हजुर बा प्रगती शिल हुनु भो,दुख गर्नु भो,केही आर्जन भयो ,बाले हजुरबाको अर्जानमा राम्रो सङ नै क्रान्ती गरिदिए नामनिमेट मेटायर बुढाको हाड छाला घोटेर जोडेको सम्पतिमा र तिनै बुढालाइ वृद्वासम पुर्याय छ्न जिबनको अन्तिम कालमा!
म जन्मिए पन्छी फेरि बुढालाइ घरमा इन्ट्री दियको रहे छ त्यो भखर था पाय।हजुरबाले बाको लागि मारी मेटे ,मेरा बा क्रान्ती गर्दै फरक तरिकाले मरि मेट्दै छ्न ।बाले हजुरबा लाई गर्ने माया ,हजुरबाले बाले गर्ने माया अनि बाले मलाइ र मैले बालाइ गर्ने माया कहिले उस्तै हुन सकेन ।हजुरबाले मलाइ गर्ने माया र मैले हजुरबालाइ गर्ने माया मा चै कुनै खोट थियन भलै मलाइ याद छ अलि अलि बाको भन्दा हजुरबाको माया ।हुन ता मैले राम्रो सङ अनुहार देख्न पाइन हजुरबाको, बाको देखेकै छु हरेक दिन पश्चताप भरिएको अनुहार ।
हजुर बाले जती गर्नु भो तेस्को एक छेउ बाले गर्न सक्नु भएन,बाले जति गर्नु भो तेस्को एक छेउ अहिले सम्म मैले गर्न सक्या छैन।अब भनुस म बा जस्तो बनु कि हजुरबा जस्तो?
मलाइ प्रभाब परेको छ ति बाको बा को आखामा आउने पानीहरुले ,ती कापेका साहारा खोज्दै गरेका हात हरुले ,भोको पेटलाइ आहारा माग्दै गरेको आशाहरुले म एक दिन हजुरबा जस्तै बन्छु मलाइ त्यो समयमा समयले पुर्याउने छ।बाको जस्तो चै मलाइ उपहार मा पनि चाहिदैन उन्को मानबता ,उन्को सोचाइ भिन्न छ हजुरबाको भन्दा ।हुन त
साउको भन्दा ब्याज प्यारो हुन्छ
आजको भन्दा हिजो राम्रो लाग्छ
मानिस बर्तमनमा थाक्नु थाक्छ
अनि धिरकारतामा पृती डाक्छ
यस्तै चलन छ ।
मलाइ एउटा झस्स सुनेको कुरा याद आयो ,कुरा के भने हजुरबा र नाति समान निस्किन छ्न रे धेरै कुरामा, बाको बासङ बाकै कुरा मिल्दैन थ्यो सोच मिल्दैन थ्यो ,तेस्तै मेरो र बाको पनि मिल्दैन तर बाको बाको पनि बा सङ बाको हुबहु मिल्छ रे कला र शैलिहरु।यस्तै हुन् सन्तानको माया उस्कैलाइ मरिमेटिन्छ उस्ले नै लात हानेर जान्छ,हिजो हजुरबाको बाले तेस्तै गर्नु भो,आज मेरो बाले हजुरबालाइ तेस्तौ गरे अब भोलि सम्म मा के कति परिवर्तन हुने हो त्यो म जान्दिन।तर बा र बाको बाको बा जस्तो चै पक्कै बन्दिन!
~इश्वर मैनालि

Leave a Reply

Your email address will not be published. Required fields are marked *