Skip to content
20160222_113433_resized_1


संस्कृतमा अश्वत्थ, बैज्ञानिक नाम फाइकस र नेपालीमा पिपल भनिने वृक्ष स्वर्गबाट पठाईर्को कथा हिन्दू सहास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रह अनुसार स्वर्गका राजाअ देवेन्द्र लगायत समस्त देव देवताले पठ्सेको पिपल र पारिजातको बोट रामचन्द्रजीले अस्फ्नो पुष्प विमानम नै राख्ने वेवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई बिमानमा राख्दा विमान जहाँ जहाँ गयो विमान वाट पिपल र पारिजातको बिज सहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रन्दै गएछ भन्ने कथा छ ।

गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वय म आफ्नो रुप बताएका छन। हिन्दू शास्त्रमा भनिएको छ कि ‘अस्वत्थ: पूजितोयत्र पूजिता: सर्व देवता:’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरूको पूजा गरेको फल प्राप्त हुन्छ ।

त्यसैले आम सनातन वादिहरू पिपल बोटमा जल चढाई पूजा अर्चना गरी परिक्रमा गर्दछन । यस देव बृक्षलाई विशेषत सनिवारको दिन पूजा गर्ने गरीयता पनि बिहीवार र आइतवारका दिन पनि विशेष पूजा गर्ने गरेको पाइन्छन तर पनि देव देवालयको परिसरमा रहेको देव वृक्ष पिपलको बोटमा श्रध्दालु भक्तजनहरूले दैनिकरुपमा नै पूजा गरी परिक्रमा गरी श्रध्दा गर्छन । पिपल बोटको पूजा गर्दा हजार वटा पात रहेको बोट्को पूजा गरिएमा उत्तम फल पाउने याने जति पुरानो बोटको श्रद्वाकासाथ पूजा गरियो त्यतिनै उत्तम रहेको भन्ने धार्मिक मान्यता रहेको पाइन्छ ।ग्रह दसा पन्छाउन भक्तजनहरू शनिवार यस देव वृक्ष पिपललाई काँचो धागो सात फन्को लगाई बांधी पूजा अर्चना गरी परिक्रमा गर्ने गर्छन ।यसो गर्दा आफूमा लागेको शनिको दसा अन्त्य हुन्छ भन्ने विश्वास गर्छन ।

विभिन्ना धार्मिक कार्यहरूमा यसको पात नभै हुन्न भने यसको डाँठ हवन कार्यमा पवित्र दाउराका रुपमा प्रयोग गरिन्छ ।

नेपाली परम्परागत मान्यता अनुसार आसपासमा मसान घाट, भैरब, खोलानाला, कुनै जलासय्, नाग, खरिबोट, पिपलबोट, कङकाल भएको दोबाटो, चौबाटोमा अवस्थित देव देवी बिराजमान रहेको पवित्र स्थान नै पीठ एवं शक्ति पिठ हो । यसरी दोबाटो चौबाटोमा रहेको खरीको बोट, पीपलको बोट मुनी वा आसपासमा मसान घाट, खोलानाला नजिक अवस्थित भएको अष्टमातृका बास भइरहेको पवित्र देवी स्थलमै शक्ति पीठ हो । त्यस्तै पौराणिक र सनातन धार्मिक मान्यतामा देवाधि देव महादेवको शक्ति स्वरुप पत्नी श्रीसतीदेवीको अंग पतन भएको पवित्र स्थलनै शक्ति पीठ हो । यसरी पिपलको बोटसँग अष्टमस्तृका शक्ति पिठसँग सम्बन्ध रहेको देखिन्छ ।

बैज्ञानिक दृष्टिकोणवाट पनि यो फाइकस बृक्ष पिपल बोट अति पुजनीय मानिन्छ । किनकि यस बृक्षले गर्मीमा सितलता र जाडोमा तातो हावा प्रदान गर्दछ ।प्राणिलाई बाँच्नालाई नभै नहुने प्राण वायु अन्य बृक्षलेभन्दा यसले प्रचुर मात्रमा फ्याक्छ भने दुषित हावालाई यस्ले ग्रहण गर्छ ।

आयुर्वेदिकमा पनि यो बोटको निकै ठूलो महत्व रहेको छ । पिपलको हरेक भाग जस्तै पात, फल डाँठ सबै औषधीका रुपमा प्रयोग गरिन्छ ।

पिपल बोटको चौतारा बनाएर समाजमा भैपरी आउने विभिन्न सामाजिक कार्यको सल्लाहसाहुती गर्ने थलोका रुपमा परंम्परा देखि प्रयोग गरी आएको देखिन्छ ।

पिपलको बोट वनजङ्गल, खुल्ला चौर, बाटो, चौबाटो मात्र हैन मठ मन्दिर्हरूमा गहनकै रुपमा देख्न सकिन्छ । यसरी धर्मिक, बैज्ञानिक एवं आयुर्वेदिक रुपमाअति मत्वपूर्ण स्थान पाई आएको पिपल लगायतका धार्मिक आस्थासँग जोडियका बृक्षहरू काट्ने, मास्ने काम गर्नुहुँदैन । बाटो, चौबाटो विस्तार गर्दा कतिपय त्यस्ता पिपल लगायतका बोटहरू हटानु पर्ने पनि हुन सक्छ । बढ्दो घना आवासको अवस्थामा संभावित भवितव्य वा दैविकप्रकोप पर्दाका अवस्थामा आपतकालीन सवारी साधनहरू आउन जान अपठ्यारो साँघुरो बाटो चौबाटोलाई फराकिलो गरी बिस्तार गर्नु टोल समाजका लागि उपयुक्त काम हो । तर त्यसरी सडक विस्तार गर्दा वा अन्य कुनै विकासका कार्य गर्दा भरसक कुनै वर्ग समुदायको धार्मिक आस्था र्विश्वासमा आघात हुने गरी कार्य गर्नु प्रत्युत्पादक पनि हुनसक्छ ।

जस्तो काठमाण्डौको साविक न्हेंपंखाको हाल कलङ्कीमा बिराजमान कलह र कलङ्क नासिनी भगवती श्रीकलङ्की माता ( श्रीकल्खु वालकुमारी अजिमा )लाई छ्त्र वढाइरगेको अवस्थामा पिपलको बोट सहितको एउटा सानू चौतारी छ । यसै चौतारामा परापूर्वकालमा भगवती श्रीकल्खु बालकुमारी अजिमा ( श्रीकलङ्की माता )ले लामो यात्रा पछि थकाई मार्न बसेको भन्ने किम्बदन्तिरहेको पाइन्छ ।

धार्मिक आस्थासहित रहेको चौतारामा श्रध्दालु भक्तजनहरूले पुज्दै आएको देव वृक्ष पिपल बोटलाई काटी, सडक विस्तार गर्न लागेको सुन्दा भक्तजनहरूलाई निकै चोट पुगेको छ । मुलुक धर्म निरपेक्षवादी घोषणा भए पनि आम नेपालीको धार्मिक आस्थामाथि आघात पुर्यौउने गरी हुनै कुनै पनि कार्य योजना पुनरावलोकन गरी सनातन धर्म, संस्कृति र धार्मिक आस्था र विश्वासको संरक्षण गर्नु राज्यलगायत सबैको दायित्व पनि किटान नै छ भन्ने मनन गरिनु राम्रो हुनेछ ।

@ प्रकाश मान शिल्पकार
गोरखापत्रा दैनिक
शनिवार १५ फागुन २०७२
बुधवार १२ पागूण २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *