Skip to content

जिन्दगी को परिभाषा

दिलसँग दिल साटेर
मन सँग मन बाँटेर
अर्को बिना नबाच्ने सम्म
जब सम्बन्ध गाढा हुन्छ
खोज्दै अरु तिर खुशी
त्यसपछी मन छाडा हुन्छ
कती मतलबी छौ हामी
खुशी हुन्छौं जब आफ्नै
आँफै बाट टाढा हुन्छ
बुझ्न नसक्दा समय मै
हिजोको सुन्दर जीवन
पछी आँफैलाई काडा हुन्छ ।।

को खोज्छ परिभाषा जिन्दगीको
जब आउछन जीवनमा
खुशीका अनगिनत बहार
असिमित प्यार
दुश्मन पनि बन्छ यार
अनी त्यो एक समय
जब सकिन्छ तब त गर्छ
समयले बिबशताको प्रहार
दिदै अबिरल आसुँका काडेतार ।।

हिजो सम्म बसेका थियौ
खुशीले झुमेर मातिएर
एकै छिनमा सबै कुरा
जब मेटिन्छ नाशिएर
लिसो झै टासिएर
जब आउन थाल्छ
कुनै चमत्कारी जादुगरको
स्टेज शो मा झै
हाम्रा जीवनमा पनि
दु:खका नसकिने नबुझिने
अनेकन प्रहसन हरु
अनी तेस पछी हामी खोज्छौ
जिन्दगीको परिभाषा
युद्ध हारेर फर्केका सिपाही झै
बोकेर अर्को युद्ध जित्ने आशा
जिउनुको बाध्यता
हारेको निराशा ।।

अनि सम्झिन्छौं बिगत पल्टाएर
सिर्फ आफ्नै लागि बाचेछौं
आफ्नै खुशीमा नाचेछौं
आफ्नै स्वार्थ आफ्नै फाईदा
आफ्नै कानुन आफ्नै काइदा
नजिक रहुन्जेल मतलब भएन
जब टाढा गयो तब याद गएन
अहो सकुन्जेल एस्तै भएछ
अब त उमेर पनि गएछ
अनि गर्छौ कुनै दार्शनिकले झै
जिन्दगी को पारीभाषा
जिन्दगी यस्तै त रहेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *