Skip to content

नलेखी बस्दा मन छटपटिन्छ र दिमाग रन्थनिन्छ – गोविन्द गिरी प्रेरणा

20160306_BijayThapa_Interview-GGP-01


झन्डै ३८ वर्षदेखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाइरहेका साहित्यकार गोविन्द गिरी प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउँछ भन्ने जिज्ञासा राख्दा उनी भन्छन, नलेखी बस्दा मन छट पटिन्छ र दिमाग रन्थनिञ्छ । नलेखी बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटिन्छ प्रेरणा भन्दछन ।

एक दशकभन्दा ज्यादा समयदेखि अमेरिका भासिएका विभिन्न कारहरूका धनी गोविन्द गिरी प्रेरणालाई डिसी महानगर क्षेत्रमा उनको निजि पुस्तकालयमा भलाकुसारी गर्ने क्रममा उनले २-४ दिन नलेखी बस्दा मनका कुराहरू कहिले पोखु भन्ने लाग्छ भने । उनले आफै रचेको कविता, तस्बिरै त रहेछ परदेशमा भन्ने कविता हामीलाई सुनाउदा हर्षित भए ।

डिसीमहानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा बसोबास गरिरहेका प्रेरणासँग दश हजारभन्दा ज्यादा पुस्तक नै पुस्तकले भरिएको उनको निजि पुस्तकालयमा भएका पुस्तक मध्ये अस्सी प्रतिसत पुस्तकका लेखक र यसको बारेमा ज्ञान भएको बताए । उनको पुस्तकालयमा नेपाली साहित्यका पुस्तक छुट्टै खण्ड बनाएका छन् भने ज्यादा पुस्तक नअटाएर अतिरिक्त कोठा पनि पैचो लिएर पुस्तक जतन गरेका छन् ।

उनी थुप्रै विषयमा कलम चलाउन शिपालु छन् । बिदेशमा भएता पनि उनी धेरै कार भएका मध्येका एक साहित्यकार हुन् भन्दा अतिसयोक्ति नहोला । प्रेरणा उनको उपनाम र उनी यही नामले स्थापित छन् । भए भरको कारहरू, गीतकार, नाटककार, पत्रकार, कथाकार, उपन्यासकार, निबन्धकार तथा नियात्राकारले साथ दिएको छ साहित्यकार गोविन्द गिरी प्रेरणालाई । उनी झन्डै नौ वटा कारहरूका स्वामी बन्न सफल भएका छन् ।

यसको अतिरिक्त उनीसँग सवारी साधन स्वरुप अमेरिकन कार पनि छ । उनले कुराकानी गर्ने क्रममा हामीलाई दुखेसो पोख्दै जीवनमा यति धेरै कारहरू हासिले गरिने रहेछ । उनले अगाडि थपे, नेपालमा केवल २० पैसा आफ्नो गोजीमा नहुँदा काठमाडौँमा चल्ने ट्रली बस चढ़न नपाई लुखुर लुखुर पानीमा रुझ्दै हिडेको आफूले कहिले नबिर्सेको संस्मरण सुनाए । तर भाग्य र मेहनतले डिसीमा चाहेको जस्तो गाडी अहिले कुदाउन पाउँदा आनन्दको अनुभूति भएको बताए ।

हामीसँग गफिने क्रममा उनले भने आफूले ६ वटा कथा, ५ वटा कविता, ५ वटा उपन्यास र निबन्ध /यात्रा संस्मरण तथा हाँस्य व्यंग गरी २२ वटा पुस्तक प्रकाशित भएको खुलासा गरे जसमध्ये गन्तव्य गणवहाल गत डिसेम्बरमा नेपालमा छँदा साझा प्रकाशनवाट प्रकाशित भएको थियो र विमोचन समेत भएको थियो । ।

एउटा सिँढी (वृत्त चक्का ) निकालेको पनि उनले बताए । एक छिन् घोत्लिदै र थप्दै भने आफूले सम्पादन र पुस्तक अनुवाद समेत जोड्ने हो भने ३२ वटा पुस्तक भैसकेको छ ।

स्नातकोत्तर को सोध पत्रमा आफ्नो व्यक्तित्व कृतित्व लेखिएको ईतिहास सुनाउदै नेपालमा हुँदा अनगिन्ती पत्र पत्रिकामा आफ्नो अन्तर्वार्ता आएको बताए । प्रेरणाले जीवनमा पहिलो पटक २०३२ साल साउनमा लिखित गीति कविता ” ईशारा किन गर्यौ मलाई एकान्तको पहाडमा, छटपटाउने बेथा कि दियौ एकान्त को पहाडमा ” भएको बताए ।

प्रारम्भिक चरणमा दुई हरफको कविताबाट आफूले साहित्यको श्रीगणेश गरेको बताए । उनले कुरै कुरामा जापानीज भाषामा पनि आफ्नो बारेमा प्रकाशित भएको र जापानको पत्रिकामा छापिएको समेत चर्चा गरे । यसको अतिरिक्त बंगाली भाषामा पनि आफ्नो रचना प्रकाशित भएको भन्दै १९८७ को जुन महिनामा भारतबाट प्रकाशित हुने कादम्बिनी(हिन्दि )मा पनि कविता छापिएको प्रसंग सुनाए ।

यसको साथै प्रेरणाले आफूले रंगमंचमा पनि अभिनय गरेको चर्चा गर्दै २०४२ सालमा आफैले लेखेको र निर्देशन गरेको मिन भवन कलेजको तर्फबाट प्रज्ञा भवनमा ब्रह्मपुर् नाटक गर्दा खचाखच भरिएको ऐतिहासिक कहानी सुनाए ।

उनले कुराकानीको सन्दर्भमा आफूले नेपालमा एकल कविता वाचन ३ पटक र अमेरिकामा ५ पटक गरेको बताए । उनले अगाडि थपे अमेरिकामा आएर वसन्त श्रेष्ठका कविता पुस्तक सम्पादनको साथै ध्रुव थापाका कविता तथा गीत पुस्तक समेत सम्पादननगरेको बताए ।

प्रेरणाले अगाडि भने नेपालमा साहित्यिक पत्रिका २०३६ सालमै सम्पादन गर्ने मौका पाएको र त्यो बैतनिक रुपमा गरेको बताए । ऐतिहासिक साहित्य पत्रिका ‘लघु कथा प्रधान ‘पत्रिका लघु कथा सम्वन्धी पहिलो पत्रिका भएको वताउँदै त्यो आफ्नो सम्पादन तथा प्रकाशनमा भएको जानकारी दिए ।

यसको साथै नेपालमा हुँदा राइटर्स क्लव खोलेर साहित्यिक गतिबिधि र प्रकाशन गरेको बताए ।यसको साथै उनले कुरै कुराको शिलशिलामा किशोर पहाडी र अशेष मल्लको संयुक्त कथा संग्रह कथा कोण प्रकाशन समेत गरेको कहानी सुनाए । नयन राज पाण्डेको पहिलो उपन्यास नाङ्गो मान्छे को डायरी प्रकाशन समेत आफूले गरेको जानकारी दिए ।

कुराकानी गर्ने क्रममा सन् २०१४मा अमेरिकामा अमेरिका नेपाल साहित्य प्रतिष्ठान स्थापना गरेको र त्यसले निकट भविष्यमा विविध साहित्यिक गतिबिधि गर्ने क्रममा रहेको बताए ।

विजय थापा, वाशिंगटन डिसी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *