लाग्नु परो खाडीतिर शाहुको रिन परे पछी
पिउदै घाम गरो काम बाध्यताले गरे पछी ।।
हासो खुशी रहर सबै परिवार को पुरा गर्न
दु:ख पाइ रुनु पर्छ आफ्नो खोलो तरे पछी ।।
साथी संगी सँग अब भेट होला कि कुनैदिन
भन्दै बस्दा आशु आउछ रित्तो आश मरे पछी ।।
कत्ती लामो समय ओहो दुई बर्ष बित्नै गाह्रो
के पो गर्नु भाग्य ले नै कष्ट मात्रै भरे पछी ।।