Skip to content

श्वास बिनाको हुन्न मान्छे फुल्छ मान्छेभित्र आश
मन एक हुन्छ तर मनभित्र हजार करोडौं आश ।

जिन्दगी रहेसम्म नै त हो नि चाहना सँधै पाल्ने
छैन लानु केही हाँस्दै सबसँग खुशी बाँड्दै बाँच्ने,
तेरो मेरो भन्नू व्यर्थ मनमा सँधै प्रेमको होस् वास
मन एक हुन्छ तर मनभित्र हजार करोडौं आश ।

जलेर खरानी बन्छ मरेपछि मान्छेको शरीर पनि
नदीमा पर्दा पानी जल्दै गर्दा धुवाँसँगै हावा बनी,
सँधैभरी बाँच्न सकिन्न आखिरमा बन्नुपर्ने लास
मन एक हुन्छ तर मनभित्र हजार करोडौं आश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *