अस्ट्रेलियामा दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न
editor — Fri, 03/11/2016 - 02:38
"सद्भावका लागि महिला साहित्य "भन्ने मूल नाराका साथ प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले यही २०१६ मार्च ४ देखि ६सम्म अस्ट्रेलियाको सिड्नी शहरमा दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ पछिको ठूलो र विस्तृत संजालको रुपमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )को आयोजनामा सम्पन्न भएको उक्त तीन दिने सम्मेलनलाई अनेसास अस्ट्रेलियाले व्यवस्थापन गरेको थियो ।
महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न स्टेटबाट आएका अतिथिहरूलाई स्वागत स्वरूप रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास, अस्ट्रेलियाले विभिन्न मनोरन्जनात्मक प्रस्तुतिका साथ सानदार ढंगले अतिथिहरूलाई स्वागत गरेको थियो ।अनेसासका केन्द्रीय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्त रुपमा संचलान गरेको उक्त रात्रिभोजको कार्यक्रममा सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरूलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास अस्ट्रेलियाका महासचिव तथा "हलचल" गायक विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए ।पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथि डा। गाग्री शर्मा तथा अनेसास केन्द्रीय अध्यक्ष्य पदम विश्वकर्माले अनेसास अस्ट्रेलियालाई धन्यवाद ज्ञापन गर्नु भाको थियो ।
दोस्रो दिन
सम्मेलनको दोस्रो दिन विशेष सामरोहबीच भव्यताका साथ नेपालकी चर्चित समालोचक तथा प्राध्यापक डा गाग्री शर्माले पानसमा बत्ती बालेर सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो । सिड्नीको मुटुमा रहेको मेट्रो होटेलमा आयोजित उक्त उद्घाटन समारोहमा अनेसासका संस्थापक अध्यक्ष्य डा। होमनाथ सुवेदी,अनेसासका केन्द्रीय अध्यक्ष्य पदम विश्वकर्मा, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, सिक्किम विश्व विद्यालयमा प्राध्यापन गर्नु हुनेप्राध्यापक तथा साहित्यकार डा कविता लामा, अनेसास सिक्किमका अध्यक्ष्य डा पुस्पा शर्मा, दार्जिलिंगकि सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बा, अनेसास सिलिगुढीकि अध्यक्ष्य तथा चर्चित साहित्यकार लातिका जोशी,हंगकंगका चर्चित साहित्यकार देश सुब्बा, एन आर एन प्याट्रन इन्द्रा बन, एन आर एन ग्लोबल कि प्रवक्ता रन्जु थापा, एन आर एन अस्ट्रे लियाका अध्यक्ष्य सुरेन्द्र सिग्देल, एन आर एन एन एस डब्ल्युका संयोजक दिनेश पोख्रेल लगायत अन्य विभिन्न् देशका प्रतिनिधि तथा अस्ट्रेलियाका नेपाली समुदायका प्रतिनिधिहरूको उपथितिरहेको थियो ।
उद्घाटन कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष्य पदम विश्वकर्माले अनेसास अस्ट्रेलियालाई प्रशंशा पत्र प्रदान गर्नुभएको थियो । गत वर्ष घोषणा गरिएको अनेसास उत्कृष्ट वर्ष पुरस्कार अन्तर्गत कविता तर्फ अनेसास सर्वोत्क्रिस्ट डायास्पोरिक पुरस्कार साहित्यकार सानु घिमिरेलाई अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुवेदीले प्रदान गर्नुभएको थियो ।
त्यस्तै अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा कविता लामालाई अनेसास विशेष सम्मान तथा इजरायलका साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाई अनेसास डायस्पोरा सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गर्नु हुने महिलाहरू एन आर एन प्याट्रन इन्द्रा बन, एन आर एन ग्लोबल प्रवक्ता रन्जु थापा, एन आर एन अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा विष्ट, भिक्टोरियाकी साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष्य सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्धन गर्न लागि पर्नु भएका साहित्यकार कुमार गिरीलाई विशेष समान गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले भानु द्विशत बार्षिकी समारोहमा अवसरमा अस्ट्रेलियाका साहित्यकारहरू भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे, सुरेन्द्र दवाडी तथा हेमन्ता आचार्यलाई प्रदान गरेको भानु स्वर्ण पदक नेपाल सरकारको तर्फबाट अस्ट्रेलियाका राजदूत रुद्र बरालेल प्रदान गर्नु भाको थियो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुवेदी, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, एन आर एनबाट इन्द्रा बन लगायतले सम्मेलन सफलताको सुभकामना दिनु भएको थियो ।
सोही उद्घाटन सत्रमा अनेसास केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह "समयका घोडाहरू", देश सुब्बा र माइकल फिसरको " फिलोसोफी अफ फियरिज्म", अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह " प्रश्नमा ईश्वर ", सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह " भुटभुटी ", आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह " अज्ञात यात्रा ", अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धी अनुभव संगालिएको " द फल्ट", सिड्नीका अभिवाक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धी पुस्तक को प्रमुख अतिथि तथा बिशिस्ट अतिथिद्वारा लोकार्पण गरिएको थियो । विमोचित पुस्तकहरू माथि चर्चित साहित्यकार नबराज कार्कीले सटिक टिप्पणी गर्नुभएको थियो ।
अपरान्ह विश्व कवि गोष्टीको आयोजना गरिएको थियो । विभिन्न देशबाट आउनु भएका प्रतिनिधि साहित्यकारहरू तथा अस्ट्रेलियाका साहित्यकारहरू गरी करीब दुई दर्जन साहित्यकारहरूले सो सेसनमा कविता, गजल तथा मुक्तकहरू बाचन गरेका थिए ।
साँझको सेसनमा सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाले "नेपाली साहित्य र महिला साहित्यकारहरूको भूमिका" विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि खुला छलफल गरिएको थियो ।
तेश्रो दिनको कार्यक्रम
रक्डेल को हिमालय पाक रेस्टुरेन्टमा आयोजना भएको सम्मेलनको तेश्रो दिनको सत्र "साहित्य र लैंगिक विभेद" शिर्षकमा डा कविता लामाको कार्यपत्र सहित आरम्भ भएको थियो । साहित्यमा महिलाले लैंगिक विभेदलाई कसरी उतारेका छन्, र लैंगिक बिहेद रहित साहित्य कस्तो हुनु पर्छ भनी सो कार्यपत्रले स्पष्ट पारेको थियो । त्यस्तै दोस्रो कार्यपत्र – "डायस्पोरामा नेपाली महिला साहित्यकारहरूको भूमिका "शिर्षकमा नेपालबाट आउनु भएकी सुप्रसिद्ध साहित्यकार लीला लुइँटेलले प्रस्तुत गर्नुभएको थियो । ७ वटा महादेशमा नेपाली महिला साहित्यकारहरूको उपस्थितिलाई उहाँले रोचक ढंगले वर्ण न गर्नुभएको थियो । यसै गरी अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुवेदीले "नेपाली साहित्यको डायास्पोरिक अध्ययन "बिषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । अनेसासले डायास्पोरिक साहित्यमा खेलेको भूमिका बारे उहाँले प्रकाश पान्रु भएको थियो । सोही दिन "नेपाली साहित्यको विश्वब्यपिकरणमा महिला साहित्यकारहरूको भूमिका "नामक कार्यपत्र चर्चित समालोचक डा खगेन्द्र लुइँटेलले प्रस्तुत गर्नुभएको थियो ।उहाँले डायास्पोरिक साहित्य र दर्शनको बारेमा प्रकाश पान्रु भएको थियो । हंगकंगमा बसो बास गन्रु हुने साहित्यकार देश सुब्बाले "भयवाद र साहित्य "बिषयमा बोल्दै भयले मान्छेलाई कसरी प्रभावित परेको हुन्छा भन्ने कुरामाथि चर्चा गन्रु भएको थियो ।त्यस्तै अनेसास अस्ट्रेलियाकि उपाध्या क्ष सानु घिमिरेले " अस्ट्रेलियामा नारी लेखनको सुभारम्भ " विषयमा कार्यपत्र पेश गर्नुभएको थियो ।अस्ट्रेलियामा नेपाली साहित्यको विस्तारको बारेमा बोल्दै उहाँले महिला साहित्यकारहरूको चर्चा गर्नुभएको थियो । सोही दिन रचना बाचनको सत्रमा अघिल्लो दिन वाचन नगरेका करीब २ दर्जन साहित्यकारहरूले आ- आफ्नो जोडदार रचना वाचन गरेका थिए ।रचना वाचन सेसनको सभापतित्व डा पुस्पा शर्माले गर्नुभएको थियो ।
रचना वाचनको कार्यक्रमपछि समापन सत्र आयोजना गरिएको थियो, जसको सभापतित्व अनेसास अध्यक्ष्य पदम विश्वकर्माले गर्नुभएको थियो । सो सत्रमा अनेसासका आजीवन सदस्यहरूलाई होमनाथ सुवेदीद्वारा ब्याच वितरण गरिएको थियो भने विदेशबाट पाल्नु भएका अतिथि साहित्यकारहरूलाई अनेसास अस्ट्रेलियाले मायाको चिनो प्रदान गरेको थियो । बिन्ध्या सुब्बाको अध्यक्षता रहेको ५ सदस्यीय घोषणा पत्र कमिटीले ६ बुँदे घोषणा जारी गर्दै कार्यक्रमको समापन भएको थियो ।
एक्स्पर्ट एजुकेसनले टाइटल स्पोन्सर गरेको सो सम्मेलनलाई अस्ट्रेलियाका विभिन्न व्यवसायीहरूले स्पोन्सर गरेका थिए ।





- 661 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
16 sec ago - Reply to comment | मझेरी डट कम
18 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
24 sec ago - Reply to comment | मझेरी डट कम
29 sec ago - Reply to comment | मझेरी डट कम
53 sec ago - Reply to comment | मझेरी डट कम
1 min ago - Reply to comment | मझेरी डट कम
1 min 16 sec ago - Reply to comment | मझेरी डट कम
1 min 30 sec ago - Reply to comment | मझेरी डट कम
1 min 40 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- "काल कोठी"
- नगर्नु भ्रुण हत्या
- सुरुवात
- सहर, स्वास्नी र सुलसुले
- आधुनिक प्रविधिले सताउँदा
- गजल
- कविता
- जिउन चाहन्छु
- खहरेको भेल-रहेछ
- हेर न हेर ओइ डोल्मो
- के नै थियो गल्ती
- नेताको जय जनताको पराजय
- अर्को जन्म (लघुकथा )
- कर्ण
- भूपिको रचनाको सङ्क्षिप्त विचरण
- अनन्यालाई
- तिमीलाई भुल्दा
- लाज पचेकी नकचरी....
- पूरै आयु
- यदि कलम काटियो भने
- पारदेशमा
- आमाको अह्वान
- केहेन उजाड जँका (गजल)
- बेलौती र कालो सर्प
- पूजा गर्ने छाउरो
- "नाना आङा छोर्तोजी"
- चाहना
- सावधान
- मायाको ईश्वर
- दोषी चस्माको विपक्षमा
Post new comment