Skip to content

नपुग्ने कुराको मन गरियो

Ram Sharan Shestha


नपुग्ने कुराको मन गरियो ।
मुटुमा राखेर जतन गरियो ।

के देला र निर्जीव ढुङ्गाहरूले
पुजाआजा र भजन गरियो ।

बार्ताबाट निकास नआएपछि
बिरुद्धमा आन्दोलन गरियो ।

जिन्दगी बिताउन भनेर नै
राजीनामा धड्कन गरियो ।

असली चरित्र थाहा नहुनाले
खराब मान्छेको चयन गरियो ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *