Skip to content

जिन्दगी हो यात्रा हाँसो खुशी साथमा
सुख ठाने सुख दु:ख माने दु:ख हातमा ।

उदायो सूर्य उमंग छर्दै गगनमा मुस्कुरायो
जाग्ने बेला भो उठौं अँध्यारो सब लुकायो,
आकाशमा बादल नाच्यो अनेकौं रूपमा
सुख ठाने सुख दु:ख माने दु:ख हातमा ।

नदी जस्तो हुन्न जीवन फर्कि नआउने
सयौं बाटो हिँड्नुपर्ने गन्तव्य पुग्नुपर्ने,
चोट पीडा पनि हुन्छ है मान्छेको जुनीमा
सुख ठाने सुख दु:ख माने दु:ख हातमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *