Skip to content

मलाई आफ्नो साथी बनाउन


मलाई आफ्नो साथी बनाउन
म चाहन्छु तिमीसँग रमाउन
जिन्दगीको कठिन मोडहरूमा
कति सुख होला कति दुख होला
भाग्यमानी मान्थे पाएदेखि
त्यो कोमल हात समाउन ।

तिमीसँगको त्यो पहिलो भेट
जब मतिर हेर्दै दिएकी थियौ
पहिलो त्यो मीठो मुस्कान
म अँझै नियाल्न सक्छु
त्यो मुस्कान बसेको छ यो दिलमा
म कसरी फ्याल्न सक्छु
आफ्नो मन मस्तिष्कबाट
जसलाई सधैं आफ्नो माने
जसको हरेक खुसीलाई आफ्नै ठाने
मेरो जीवन तिमी प्रति नै समर्पण
मेरो हरेक खुसी तिमीलाई नै अर्पण
प्रिय तिम्रो नजर मेरो दर्पण ।

त्यसैले मबाट टाढा गए पनि
मेरो साथमा तिमी नरहे पनि
तिम्रो प्रतिविम्ब मेरो दिलमा राखेर
बसेको छु हरेक रात जागेर
सिर्फ यही प्रतीक्षामा प्रिय
कुनैदिन त मेरो नजिक आएर
प्रेमको अद्वितीय गीत गाएर
त्यस्तो गीत कसैले गाएन आजसम्म
त्यस्तो प्रीत कसैले लाएन आजसम्म
भन्नेछौ मलाई मायालु अब आउन
म चाहन्छु तिम्रै गीत गाउन
म चाहन्छु तिमीलाई आफ्नो बनाउन ।

बस त्यो एकदिन त्यो एक पल
जिन्दगीले म सङ गरेन भने छ्ल
पाए भने कुनैदिन तिमीलाई
समातेर तिम्रो त्यो कोमल हात
कसेर तिमीलाई मेरो अङ्गालोमा
प्रेमपूर्वक चुम्नेछु तिम्रो माथ
म छोडेने छैन कहिल्यै तिम्रो साथ
जसरी सागरले आफ्नो किनारा छोडदैन
मायालुले आफ्नो वचन तोड्दैन
यो मन तिमी बाहेक अन्त मोड्दैन
एक पट्क साहस जुटाएर त हेर
आफूलाई ममा लुटाएर त हेर
तिम्रा हरेक पल रंगीन बनाउनेछु
मिटाएर आफू तिमीलाई सजाउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *