Skip to content

आऊ खेलौँ होली


देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग

एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे

बादलको स्वागत सूर्यको मुस्कान
जगतमै हाँसो छ
प्रेम-रङ्ग भरेर बेलुन प्रहार
खेलमा जो चासो छ

पिचिचिचि पिचकारी फोहरा
वर्षा भो रङ्गकै
नाचे सङ्गीतमै छमछम
नशा त्यो भाङकै

सदभावको अवीर दलेर
सप्तरङ्गी रङ्गोली
बाडेर रङ्गीन पिरती
आऊ खेलौँ होली

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *