अामा !
मलाई काेक्राेमा सुताएर
अाउछु भनेर गएकाे पनि बर्साैँ भैसकेछ
तर मलाई अाजै जस्ताे लाग्छ
मेरी अामाले ताप्केमा लिटाे पकाएर खुवाएकाे
हाे अाजै जस्ताे लाग्छ मलाई मेरी अामाले काेखिलामा च्यापेर सुताएकाे
जाने बेला भनेकी थिइन्
बाबू ! नराेई बस्नु
म छिट्टै अाउछु त्याे माथिकाे जून टिपेर
भनेकी थिइन् अाकाशका ताराहरू देखाउदै
बाबू ! म पाेल्टा भरि ताराहरू टिपेर ल्याउछु
तिम्राे सपना पूरा गर्नुछ
तिम्राे मुहारमा खुसी देख्नु छ
हात हल्लाउँदै भनेकी थिइन्
बाबू ! म नअाउन्जेल याे फाेटाे हेरि बस्छु
तिमीलाई याे फाेटाेले पनि माया गर्छ
अाफ्नै शैलीमा हाँसी दिन्छ
हाे बाबू ! याे यात्रा तिम्रै लागि हाे
मात्र तिम्रै लागि ।।
****
जाने बेला मेरी अामाकाे अाँखा राेयाे
खसेका थिए माेतिका दानाहरू
प्याट्ट प्याट्ट फुटेकाे थिए
मेराे पहाड जत्राे छातीमा ठाेकिएर
जसरी बेलुनहरू फुट्छन्
मैले पहिलाे पटक देखेकाे हुँ अामा राेएकाे
खाजेकाे हुँदाे हाे मेराे बाल मस्तिष्कले
मेरी अामा रुनुकाे कारण ।।
****
कसैले नराेउ भनेन्
देखेर मधुरो अनुहार
पुछि दिएनन् अाँसु
पुछ्नु भनेर दिएनन् रुमाल
धुजा धुजा थिए चाैबन्दी
फाटेर सारीका किनार मेराे लुला हातले
काेरेका बाङ्गाटिङ्गा रेखाजस्तै थिए
गएकी थिइन् मेरी अामा
याे तारेभिरकाे बाटाे हुँदै
हातमा अगुल्टाे बालेर
फर्केर अाउने बाचा गरेर
अझै छिट्टा छन् याे दुबै हातमा थुथु गरेर थुकेकाे
अझै देखिन्छन् मेरी अामाकाे अाेठकाे नक्सा
मेराे दुबै गालामा काेरिएका छन्
कहिल्यै नमेटिने गरि छापिएको छ
इतिहासकाे पानामा जसरी ।।
*****
मेराे बा
मलाई गर्भमै छाेडेर जानू भएछ माेर्चामा
गणतन्त्रको सपना बाेकेर
कसरी बाेक्नु भयाे हाेला बन्दुक
कसरी उचाल्नु भयाे हाेला पाइप बम
काेदाली उचाल्ने हातले
याैटा सानाे परिवार सम्हालेकाे मान्छेले
कसरी सम्हाल्नु भयाे हाेला हजाराैँ लडाकुलाई
कत्रो साहस रहेछ वहाँमा
यतिबेला
बल्ल महसुुस भएकाे छ मलाई ।।
****
फलस्वरूप म अाफैँ घरबारविहीन छु
यतिबेला याे जिन्दगी अाकाशे बर्काे अाढेर
प्रत्येक रात काटि रहेकाे छ अाकाश नियाल्दै
सरकार खैँचडी बजाइ रहेकाेछ
मेराे पीडाकाे पहाडलाई कुल्चेर
हुन त मलाई पनि तिमी जस्तै
हाेली मनाउने मन थियाे
निधारमा टीका लगाउने मन थियाे
तर मेराे बाअामाकाे मृत्यु पश्चात्
प्रत्येक बर्ष अाउने दशै
प्रत्येक बर्ष अाउने हाेली
त्यस्तै प्रत्येक चाडपर्वमा प्रयाेग गरिने रङ्ग
मेराे बाअामाकाे रगत जस्तै लाग्छन् ।।
****
तिमीलाई थाहा हाेला या नहाेला
म पलपल मरेर बाँचिरहेकाे छु यतिबेला
मेराे बाअामाकाे अनुहार छायामा नियाल्दै
म पर्खिरहेको छु मृत्यु
तिमी चर्चामा अाउन
मेराे लास सडकबाट उठाएर
कुनै पनि पार्टी कार्यलयमा नलैजानू
तिम्राे अशुद्ध हातले नछुनु मेराे लास
याे शरीरमा तिम्राे चक्र बस्न सक्छ
मेराे मृत्युपछि गुणगान नगाउनु
नअाेढाउन कुनै पार्टीको झण्डा
नचढाउनु फूलको गुच्छा
मेराे बिन्ती छ महाशय
याे गरीबकाे छाती हाे
।
****
हुन त मेराे बाअामा
अनि हजाराैँ जनताले बलिदान नदिएकाे भए
अाज गणतन्त्र हुने थिएन
तिमी राष्ट्रपति हुने थिएनाै
र फेरिने थिएन राष्ट्रियगान ।।
****
तिमीले के दियाै र जनतालाई
बरू बिकासकाे नाउमा बस्ती उठायाै
नदीको किनारमा सम्म बस्न दिएनाै
मेराे बारी थिएन अन्न फलाउने
याैटा गतिलो छानाे थिएन घरकाे
विछ्याउने गुन्द्री थिएन
अाेछ्याउने डस्ना थिएन
केबल थियाे त मसँग
तकियाकाे नाउँमा याैटा ढुङ्गा
मेलापातमा नधाए मेटमा मुसा दगुर्थ्याे
तिमीले बल देखायाै हाम्राे उठिबास भयाे
तिमी अरबपति भयाै
हामीलाई सडकपति बनायाै
हाम्राे गाँस लुट्याै, बास लुट्याै
अब भन्नुहोस् महाशय
तिम्राे बिद्रोहमा म नउठे काे उठ्छ ?
बा जानू भाे फर्कनु भएन
सहिद हुनु भएछ
अामा जानू भाे
बाका अधुरा सपनाहरू पूरा गर्नु छ भनेर
वहाँ पनि फर्कनु भएन
सरकार !
अब त मलाई चिन्नु भयाे कि ?
म तिनै वीर याेद्धका सन्तान हुँ ।।
****
विक्रम पवन
बेथान~४, रामेछाप