Skip to content

नखाऊँ कसरी (गजल)


नखाऊँ कसरी आफ्नो त दिनभरिको शिकार हजुर
खाऊँ त के खाऊँ कान्छा बाको अनुहार हजुर

पुच्छर समातेर गधाको, बैतर्नी यहाँ तर्न खोजेँ
जिन्दगीमा यही गल्ती गरिरहेँ बार बार हजुर

न्याय नपाए गोर्खा नजानू यो रामशाहको पाला हैन
अचेल त अन्धो छ कानून लाटो छ अख्तियार हजुर

बाह्र वर्ष रामायण पढ्नु भो, सीता कस्की जोई?
पालैपालो राख्नुहोला आफ्नोआफ्नो विचार हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *