• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › छलफलको विषय › स्रष्टासँग कुराकानी

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

मझेरी भलाकुसारी, अंक २१ (कल्पना राई)

editor — Sun, 03/27/2016 - 20:36

  • स्रष्टासँग कुराकानी
  • मझेरी सञ्चालक

कल्पनाजी ! मझेरी भलाकुसारीमा स्वागत छ ।

हजुर धन्यवाद! कुमारज्यू, साथै मझेरी परिवार ।

शुरुमा, सबै भलाकुसारीमा झैं आफ्नो व्यक्तिगत र साहित्यिक परिचय पाऊँ न !

हजुर मेरो बाको घर भोजपुर, मेरो जन्म उदयपुर, शिक्षा सप्तरीबाट संघर्ष भने काठमान्डौबाट सुरु । साहित्य मेरो रुचि हो । हालसम्म योगदन केही छैन र पनि केही गर्छु भन्ने अठोट छ ।

कोरियामा बस्नु हुँदो रहेछ, बिदेश बसाइ बारेमा केही बताइदिनुहुन्छ कि ?

हजुर हाल दक्षिण कोरियामा श्रमिकको रुपमा छु । बिदेशको बसाई भन्नू आफ्नो देश प्रतिको माया, आफ्नो जिम्मेवारी, श्रमको अर्थ र मेहनत गर्दा के हुन्न रहेछ भन्ने शिक्षा प्राप्त गर्न सकिने मेरो व्यक्तिगत अनुभूति ।

साहित्यमा कसरी पाइला चाल्न थाल्नुभयो ?

साहित्यमा यसरी नै पाइला चालें भन्छु भन्दा मसँग उत्तर हुन्न । भनिन्छ नि चोखो प्रेम कसरी, किन, कहाँबाट हुन्छ थाहा हुन्न भनेर सायद यस्तै होला साहित्य प्रति मेरो झुकाब ।

साहित्यलाई दैनिक जीवनमा कस्तो रुपमा लिनुहुन्छ ?

साहित्य नै जीवन हो । साहित्यलाई जीवन भनिसकेपश्चात् दैनिकी को के अर्थ रह्यो र, होइन? तथापि भन्न मन लाग्यो - दुनियाबाट बिमुख भएर बाँच्न चाहनेको सुन्दर संसार साहित्य हो । जाहाँ आफ्नो खुशीको छुट्टै अलौकिक संसारको स्थापना गर्न सकिन्छ र जिउन सकिन्छ ।

गजल, कविता, गीत, आलेख जस्ता सबै विषयमा हात हाल्नुभएको छ । सन्तुष्टि चाहिं कस्तो बेलामा आउँछ ?

हजुर, लेख्न धेरथोर सबै लेख्छु । केही समय अघिसम्म गजल नै प्राय लेख्थें । गीत धेर लेख्दिन गन्ने नै हो भने पनि एक्दम थोरै छ गीतको संख्याहरू । मलाई औधी मन पर्ने विषय कविता हो । कविता लेख्न कोसिस गर्छु तर सफल हुन सकेको छु जस्तो लाग्दैन तर पढ्न भने रुचाउछु । विषय बस्तुको स्वरुप हेरेर कुन बिधा समात्दा त्यस विषयलाई प्रष्ट र आकर्षक बनाउन सक्छु भन्ने कल्पना गरेर बिधा छान्ने गर्छु र आफूले लेख्नु अघि कल्पना गरेकोभन्दा आकर्षक र राम्रो बन्यो भने सन्तुष्ट मिल्छ ।

लेखन फुर्दा कुन विधामा लेख्ने भनेर कसरी निर्णय गर्नुहुन्छ ?

कस्तो बस्तु स्थिति माथि ध्यान केन्द्रित छ त्यसको लेखाजोखा गरेर त्यस बिधालाई कतिसम्म प्रष्ट्याउनु पर्ने हो अथवा लम्ब्याउनु पर्ने हो कि छोट्याउनु पर्ने हो, विचार गरेर निर्णय गर्ने गरेकी छु ।

तपाईंको रचनाहरूमा यथार्थता र सरलता भेट्न सकिन्छ । आफैंलाई चाहिं कसरी मूल्यांकन गर्नुहुन्छ ?

हजुर, म काल्पनिकभन्दा यथार्थमा आधारित रचनाहरू रच्न र पढ्न मन पराउछु । सरल यसर्थमा लेख्ने गर्छु हरेक बौद्धिक स्तरका पाठकले रचना भित्र रहेको जीवन, दर्शन, विचार, काव्यसैली जस्ता अमुर्त कला हरेक सामान्यभन्दा सामान्य पाठकले उक्त लेखबाट खुलेर बुझ्न सकुन मेरो यत्ती हो चाहना । सायद म यसै दायरा भित्र रहेर लेख्छु कि?

फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?

खासै केही गर्दिन, साहित्यिक पुस्तक पढ्नु नै मन पर्छ । अनि समय अभाव भएको बेला थिम बनाएर राखेको रचना पूरा गर्ने कोसिस गर्छु । कोही पूरा हुन्छन कोही तुहिन्छन । संगीत सुन्छु ।

केही वर्ष अगाडिको 'खुसी राई' हाल आएर"धरती"भनेर चिनाउन थाल्नुभयो । के-कति कारणले होला ?

जिन्दगीमा खुशी क्षणिक हुन्छ । क्षणिक खुशीको आनन्द लिएर अहिले "धरती"भएकी छु । अब मेरा हरेक हाँसो, खुशी, आँसु, ...यही धरतीमा अवतरण हुने छन । केही पहिलासम्म जिन्दगीलाई खुशी भनेर अघि बढाइरहें । खुशीले प्रत्येक समय चाबुक हानेपछि धरती कल्पना भएकी छु ।

कोरियामा साहित्यिक समाजहरूमा पनि संलग्न हुनुहुँदो रहेछ । कस्तो साहित्यिक माहोल छ ?

हजुर, नेपाली साहित्य समाज दक्षिण कोरिया (नेसास) र अनेसास कोरिया च्याप्टर छ । विशुद्ध साहित्यमा जात, धर्म, लिंग, उच निच केही हुन्न र पनि यहाँ दुई पाटो भएर हिड्दैछ साहित्यको ग्रुप । म भने नेसासमा आबद्ध छु । हाल नेसासको अध्यक्ष रहदै आएकी छु ।

नियमित भेटघाट र भलाकुसारी गरिरहने साहित्यकारहरू को-को हुनुहुन्छ अथवा भेटघाट गर्नुहुन्छ ?

नियमित भेटघाट नै त हुन्न यो परदेशमा, सबै जाना आ-आफ्नै उदेश्य र लक्ष्य लिएर आउनु भएको हुन्छ । तथापि समय मिलाएर र बिदाको समय मिलेसम्म पूर्व योजना बनाएर कहिलेकाहीं साहित्यिक जमघट गर्छौ । जमघटमा कविहरू अन्जान काईला (सुरेन्द्र कार्की), रमेश सायन, खगेन्द्र पराजुली, मणि भुसाल, जीवन खत्री, यल्जी बिवस, शकुन आँसु, गजलकार/मुक्तककार गंगा सन्की पौडेल, अज्ञात पाल्पाली, नवीन नेपाल, कस्तुप गैरे, लबकुश माल्टली, छबिसित कुलुङ, गायक/गीतकारहरू मिलन किराँती, फडिन्द्र भन्डारी"अर्पन", डिआर अटु, पूर्वेली गाउले, रोबिन रेगम... अरु थुप्रै अब्बल सर्जकहरू हुनुहुन्छ । नाम मात्र लेख्ने हो भने अनगिन्ती पेज सकिन्छ ।

बिदेश बसाइले लेखनमा कस्तो प्रभाव पारेको छ ?

बिदेशमा बसेर लेख्दा स्वतन्त्र भएर लेख्न पाइन्छ । काम बाहेकको समय भनेको चिन्तन र लेखन मै अलिक बढी बित्ने भएकोले ब्यवहारिक तनाबबाट मुक्त भएको महसुस हुन्छ तसर्थ राम्रै प्रभाव पारेको छ भन्ने मेरो बुझाइ हो र पनि बिदेश बसाईको क्रममा लेख्नु र आफ्नो घरदेशमा बसेर लेख्नुले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव त पारी नै हाल्छ । देशमा बसेर लेख्दा देश भित्रको प्रकृति र प्रवृत्ति लेखिन्छ भने देश बाहिर बसेर लेख्दा चिन्तन युक्त देश प्रेम, जिम्मेवारी र परिवार प्रति अगाध माया लेखिन्छ । साथै बिदेशको लेखनमा अन्तर्राष्ट्रिय मानव जीवन, संस्कार, रीतिथिति, त्यही स्थानको वातावरण लेखिन्छ । सायद यो पनि बिदेश बसाईको सकारात्मक पक्ष्य हो कि?

नेपालमा भएको भए पनि यत्तिकै लेख्नुहुन्थ्यो ?

नेपालमा भएको भए सायद यति लेख्न सकिन्न थियो होला । घर परिवार जिम्मेवारीको बावजुद मस्तिष्कमा चिन्तन खेलाएर सजीव साहित्य उमार्नु निकै कठिन काम हो तथापि कोसिस गरिन्थ्यो होला । उखानै छ नि खाने मुखलाई जुँगाले छेक्दैन भन्ने ।

लेखनको अतिरिक्त समाजसेवामा लागेको पनि देखिन्छ । के-कस्ता सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ?

हजुर, सामाजको सेवा गर्न पाउनु गर्वको कुरा हो । आफू जन्मेको समाज आफूले जति अरुले बुझेको हुँदैन तसर्थ त्यस समाजमा कस्तो खालको कमी-कमजोरी छ केलाएर त्यस ठाउँमा आफूले केही गर्न सके हुन्थ्यो भन्ने लाग्छ । समाज सेवा गर्न समय, मन र अर्थ तिनै थोकको महत्वपूर्ण भूमिका रहन्छ । यी तीन थोक जुटाउदै गर्दा फेरि समाज सेवा ओझेल पर्ने सम्भावना हुँदो रहेछ । हाल भने "सेवक नेपाल"मा अभियान्ताको रुपमा छु । यस्को उदेश्य भनेको निकट भविष्यमा अभियान सफल पारेर अनाथलय खोल्नु हो ।

समाजसेवा गर्दा आनन्द आउँछ कि साहित्यमा ?

समाजसेवा र साहित्य एक सिक्काको दुई पाटो हो भन्छु । कोमल हृदय भएकाले नै समाजसेवा गर्छन भने कोमल भएरै साहित्य पनि लेखिन्छ क्रुर व्यक्तित्वको यी दुवै क्षेत्रमा काम छैन । त्यसैले समाज सेवा आत्मसन्तुष्टि हो भने साहित्य आत्मसन्तोक अंगालेर जिउने आधार हो ।

समाजसेवाले लेखनलाई कत्तिको प्रभाव पारेको छ ?

आफ्नै देशमा बसेर समाजसेवामा लागिन्थ्यो भने पक्कै प्रभाव पार्थ्यो होला समयको हकमा तर बिदेशमा भनेको इन्टरनेटबाट सबै काम हुन्छ त्यसैले प्रत्यक्ष प्रभाव पारेको छैन भन्छु । तर समाजसेवाको भावना मनमा जागृत छ भने समाजको सूक्ष्म कुराहरूलाई समेत अवलोकन गरिएको हुन्छ । यही अवलोकनहरूलाई मनन गरेर साहित्यमा खिप्न सकियो भने पक्कै बेजोड केही लेख्न सकिन्छ ।

इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँढ्नुहुन्छ कि!

मझेरी जस्ता साहित्यिक पृष्ठहरूले हामी जस्तो साहित्य पारखी र लेख्न पढ्न सोखिन व्यक्तिहरूको माझ अमीट छाप छोडेको छ । नेपालको हकमा पहिला पहिला एउटा कविता गजल लेखेर छापी माग्न कति ज्यु…ज्यु..गर्नु पर्थ्यो र पनि सफल हुन मुस्किल हुन्थ्यो । तर आज आएर साहित्यिक पृष्ठहरू भएर नै आफूभन्दा अग्रजहरूलाई सहजै पढ्न पाइएको छ । र आफ्ना रचनाहरू सहजै सबै सामु पुर्याउन सकिएको छ । अँझ मझेरी भनेको मेरो साहित्यको डायरी हो भन्दा अतियुक्ति नहोला जाँहा मेरा हरेक तिता-मिठा काव्यहरू संचित छन ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूको कसरी उपयोग गरिरहनुभएको छ ?

विश्व बजारलाई अहिले फेसबुक र टुइटर जस्ता सामाजिक संजालले एउटै बगैचा बनाएको छ । यिनै सामाजिक संजालहरूको सहयोगले आफ्नो रचनाहरू सहजै विश्वभरिको साहित्य अनुरागी माझ पुर्याउन सकिएको छ भने यही सुबिधाहरूद्वारा नै विश्वको जुन सुकै कुनाबाट पनि आफ्नो लेख रचनाको सकारत्मक होस वा नकारात्मक प्रतिकृया पाइहालिन्छ । सकारात्मक प्रतिकृयाले लेखनमा हौसला मिल्छ भने नकारात्मक प्रतिकृयाले आफ्नो लेख रचना सच्याउने र निखार्ने काममा सहयोग मिलेको छ ।

आफूलाई चाहिं पाठकको रुपमा कसरी हेर्नुहुन्छ ?

सर्व प्रथम त म पाठक नै हुँ । साहित्य पढ्न र यसको गहिराई छाम्न मन पराउछु र अर्को कुरा आफ्नै लेख रचना निखार्न पनि सर्वप्रथम त आफ्नै लेख रचनाको पाठक हुन जरुरी छ । आफू पाठक भएर मूल्यांकन गरेपश्चात् नै आम पाठक माझ आफ्नो रचना पस्किदा केही मात्रामा पुनः आफैले मार्गदर्शन गर्न सकिन्छ ।

बिदेशी साहित्य पनि पढ्नुहुन्छ ?

हजुर, अलि अलि पढ्छु ।

विशेष मनपर्ने लेखक को हुन् ?

नेपाली लेखकहरू अथवा बिदेशी लेखकहरू नामै किटेर भन्न अफ्ठ्यारो हुन्छ किनकि एउटा लेखकको प्रत्येक सिर्जना उतिकै उत्कृष्ट नै हुन्छ भन्ने लाग्दैन । आफूले भ्याए र पाएसम्म प्रत्येक लेखकलाई पढ्ने गर्छु मन परेको रचना सम्झनामा रहिरहन्छन भने खासै मन नपरेको यादमा आउदैन । बि पि कोइराला र शंकर लामिछनेको काव्यशैली उत्कृष्ट लाग्छ भने हार्मन हेस्सेको सन्देश मुलक खोज अनि तसलिमा नसरीनको नारी भित्रको आन्तरिक चित्रण अनि पुरुष प्रवृत्ति केलाउने कला अत्यन्त कौशल लाग्छन ।

मझेरी र अनलाइनमा नियमित कस्ता लेखकहरूको रचना फलो गर्नुहुन्छ ?

मझेरी लगायत अन्लाइनमा प्राय गरी कविहरूको कवित्व फलो गर्ने गरेकी छु । कसैको शब्द शिल्पी मन पर्छ भने कसैको विचार र दर्शन । अँझ यी दुवैको मिश्रण भएको रचना सर्वोत्कृष्ट लाग्छन । लेखन शैली र विषय बस्तुले छोयो भने एकदम सानो रचना देखि उपन्यासै भए पनि पढेरै छोड्छु । मनलाई छुनु चाहिँ पर्छ ।

भविष्यमा साहित्यिक योजना भए बताइदिनुस् न !

योजना त छन । कविता कृतिको तयारीमा छु हेरौ के हुन्छ । साथै केही गीतहरू रेकर्ड हुने क्रममा छन ।

अहिलेको नेपाली साहित्यलाई कस्तो दिशातर्फ गइरहेको जस्तो लाग्छ ?

एक हिसाबले हेर्ने हो भने नेपाली साहित्य निकै अघि बढेको छ यसर्थ कि कुनै दिन रचना रचिएर पनि लेखकको डायरी भित्र निसासिन्थ्यो श्वास फेर्न पाउदैन थियो । प्रतिभावान कवि पनि एउटा कुनामा सीमित हुन्थे तर आज त्यो छैन । अन्लाइन मिडियाहरूले गर्दा नेपाली साहित्य फस्टाएको अनुभूति गर्न सकिन्छ भने अर्को तर्फ यही सुबिधाको मूल्यांकन गर्न नसक्नेहरूले साहित्यलाई सहज रुपमा लिएर बिकृतितिर ठेलिरहेको पो हो कि जस्तो लाग्छ ।

प्रसंग बदलौं, राई भाषा कत्तिको आउँछ ?

दुखसाथ भन्नू पर्छ मलाई राई भाषा आउदैन । बा जागिरको सिलसिलामा बाहिर बाहिरै हिड्नुभयो । त्यही बेला हामी जन्मिएछौ । आफ्नो किरात समुदाय, रहनसहन, भाषा संस्कृतिबाट टाढा रहेर हुर्कियौ त्यसैले गर्दा पनि थर मात्र राई भयो । राईमा हुनु पर्ने संस्कार र जीवन शैली केही पो छैन त ममा । भाषाको समस्याले लेख्न पढ्न सक्दिन रहर भने अथाह छ । जीवनमा कति चिजको रहर हुँदा हुँदै पनि दबाएर बाँच्नु पर्ने विवशता हुँदो रहेछ ।

मझेरीमा नेपालका विविध मातृभाषाका रचना प्रकाशित गरिन्छन् नि !

हजुर, कहिलेकाहीं मझेरीमा फाट्ट फुट्ट देख्ने गरेकी मातृभाषाका रचनाहरू छु ।

संस्कृति र भाषा सम्बन्धमा यहाँको धारणा कस्तो छ ?

आफ्नो भाषा र संस्कृतिबाट अपरिचित भएर बाँच्नु आफ्नै भूगोलमा शरणार्थी भएर बाँच्नु सो-सरह हुँदो रहेछ । तराईमा हुर्काइ बढाइ भयो तराइको परम्परा रहनसहन सबै थाहा छ तर आफ्नो पुर्खाको परम्पराबाट ओझेल परियो । साकेला, उधौली, उभौली, गुड, चुला पूजा जस्ता किरात चाडपर्व औधी मन पर्छ तर मनाउन पाएकी छैन र जानेकी पनि छैन । आफ्नै अनुहारको जमातमा पनि बकुल्लाकोबीच काग भैइन्छ । त्यस्तो बेला अत्यन्त दु:ख लाग्छ ।

सम्पन्नता बिपन्नता जिन्दगीको दौरानमा जे-जस्तो परे पनि आफ्नो भाषा संस्कृति परम्पराबाट आफ्नो सन्तानलाई कहिले बन्चित गर्नु हुँदैन । पुर्खाको ईतिहास यसै गरी मेटिदै जाने प्रबल सम्भावना हुन्छ । आफ्नो पुर्खा र रगतको बिरता गाउन नपाउदा नयाँ पिढिमा आफ्नो अस्तित्वको महत्व हराउदै जाने र म को हुँ, के हुँ थाहै नभई जिन्दगी बिसर्जन गर्ने समयले निम्त्याइसकेको हुन्छ यसै गरी प्रत्येक पिढी अगाडि बढ्ने हो भने आफ्नो भाषा र संस्कृतिबिनाको शरणार्थी भएर यस धरतीमा बीचरण गरिन्छ अनि बिदा होइन्छ ।

केही फोटो हेर्दा कपाल काटेर पहेंलो कपडा ओढेको देखिन्छ, आनी बन्नुभएको हो ?

यो विषयमा के प्रष्ट पार्न चाहन्छु भने मेरो गेट अप आनीको देखिए पनि बौद्धिस्ट होइन र भएको पनि छैन । धार्मिक आस्था परिवर्तनमा म विश्वास पनि गर्दिन । धर्म भनेको मनको आस्था हो । मानिसलाई यसै धरतीमा सुमार्ग हिडाउने मार्गदर्शन मात्र हो । मेरो हरेक धर्म प्रति आस्था, मानसम्मान छ समय र पायक पर्दा हरेक धर्मको ज्ञान लिने गर्छु । तर कुनै धर्मले मानवता बिरुद्ध बोलेको लेखेको पाएकी छैन । त्यसैले संसारको सबैभन्दा ठूलो धर्म मानवता हो । मानवता मन, मुटु र मस्तिष्कमा खिपेर हिडेकी छु । त्यसमा गेटअपले के नै अर्थ राख्छ र? केही कारण अवश्य छन मैले आफ्नो रुप परिवर्तन गर्नमा यस कुराको उत्खनन अवश्य पनिको समयको साबेलले पल्ट्याउने नै छ ।

मझेरीमा विगत चार वर्षदेखि मझेरीका रूपमा लेख्दै आउनुभएको छ । यो नियमितता कहिलेसम्म हुन्छ जस्तो लाग्छ ?

अनि त! चार वर्ष पूरा भैसकेछ मझेरीसँग मितेरी लगाएको र पनि कति थोरै जस्तो लाग्ने यो समय । मझेरीसँगको यो यात्रा मेरो कलम नरोकिउन्जेलसम्म रहने छ ।

संसारभरि छरिएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ?

लेखक र पाठकहरू भन्ने बितिकै समाजको बौद्धिक वर्गमा पर्नुहुन्छ उहाहरूलाई के नै पो भन्न सक्छु र? धेरै लेखकहरूलाई पढेर केही न केही सिकिरहेकी छु भने मेरो लेख रचनाहरूले पनि पाठकहरूको मन जित्न सकोस भनी हरप्रयास गरिरहेकी हुन्छु । तथापि लेख्दा लेख्दै कहिलेकाहीं कलम चिप्ली दिन्छ मगजले ठाउँ सरिदिन्छ । त्यस्तो कुनै बिन्दु पाठकहरूको नजरमा परिदिन्छ भने आफ्नो अधिकार सम्झेर गल्ती औलाई दिनु पर्छ । ताकि आउदा रचनाहरू निखारिएर र सही मार्गमा आवोस । लेखकले आफू सचेत हुने मौका पाउँछन्, समाज र देशको लागि आफ्नो जिम्मेवारी महसुस गर्छन । म लेखक होइन र पनि मेरा अग्रज स्रष्टाहरू तथा समकक्षी मित्रहरूबाट सुझाब सल्लाहको हरदम अपेक्षा राख्ने गरेकी छु ।

अन्त्यमा केही छ भने बताउनुहोला ।

अन्त्यको सर्व प्रथम हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु मझेरी परिवार लगायत कुमारज्यू यहाँलाई । हुन त म लेखक हुँदै होइन । शब्द र भावसँग पैठेजोरी खेल्न मन पराउने पाठक हुँ । मेरा रहरका, पीडाका, बिद्रोहका, चिन्तन र भोगाईका साना-साना लेख रचनाहरूले आज यसरी मझेरी मार्फत अन्लाइनमा भलाकुसारी गर्न पाएँ, आफ्ना तितामिठा अनुभूति साट्न पाएँ सायद यही कारणले आफूमा अँझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ । म सधैं भन्ने गर्छु साहित्य भनेको "साहित्य समुद्रजस्तो स्वच्छ र विशाल हुनुपर्छ किनकि साहित्य चिकित्सकको ओखतीभन्दा छिटो असर देखाउने मानसिक ओखती हो।"

धन्यवाद!

कल्पना राईका रचनाहरू : यता
कल्पना राईका रचनाहरू (संक्षिप्त अंशसहित): यता
कल्पना राईको फेसबुक पेज : यता
कल्पना राईको ट्विटर पेज : @CalpanaDharati

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 40
‹ मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य) मझेरी भलाकुसारी, अंक १७ (रामकृष्ण पौडेल अनायास) ›
  • 1730 reads
Tweet facebook

कुरा कानी मिठो र ज्ञान बर्दक

अज्ञात पाल्पाली — Mon, 03/28/2016 - 18:25

कुरा कानी मिठो र ज्ञान बर्दक लाग्यो हार्दिक धन्यबाद मझेरी परिवार र स्रस्टा धरती कल्पना जी लाई

  • reply

हार्दिक आभार अज्ञात पाल्पाली

धरती कल्पना (not verified) — Sun, 04/03/2016 - 17:37

हार्दिक आभार अज्ञात पाल्पाली ज्यु।

  • reply

निकै रमाइलो

Buddhi Moktan — Tue, 03/29/2016 - 08:23

निकै रमाइलो सिर्जनशील कुराकानी बाट कल्पना जी लाइ पढ्ने मौका पाइयो ,मझेरी परिवारमा धन्यबाद ,कल्पना जी को साहित्यिक यात्रा सफलताको शुभकामना

  • reply

हार्दिक धन्यवाद आदरणीय बुद्धि

धरती कल्पना (not verified) — Sun, 04/03/2016 - 17:36

हार्दिक धन्यवाद आदरणीय बुद्धि मोक्तान ज्यु।

  • reply

धन्यवाद ।

HomSuvedi — Tue, 03/29/2016 - 10:16

कल्पना बैनी मैले तपाइँको अन्तर्वार्ता रिट्टो नबिराई । निकै सारगर्भित लाग्यो । मलाइ ता थाहै थिएन बैनी विदेशमा भएकाे कुरा ता । बिदेशमा बसेर नेपालप्रति हेरिने दृष्टिकोण र साहित्यप्रतिको बैनीको झुकाव अनि साहित्यमाथिको साेच देखेर मलाइ खुसी लाग्यो । बैनीको उन्नति होस् । अब यो देशमा बसेर उन्नति होस् भनेर ता के भन्नु तेतै बसेर पनि उन्नति प्रगति होस् । यही शुभकामनाका साथ

  • reply

हार्दिक आभार होम

धरती कल्पना (not verified) — Sun, 04/03/2016 - 17:34

हार्दिक आभार होम दाजु।

याहहरुको आशिष र माया साथ रहुन्जेल साहित्यिक यात्रा गरिरहने प्रयत्न गर्ने छु।

  • reply

Jhandai chhute6 bhalakusari !

nandalal.acharya — Mon, 04/04/2016 - 20:17

Bhalakusariko pathak bhaera pani kalpana jeeka kura padheko rahen6u !
Man chhune kura haru marmik bhaka ra shailima padhiyo !

swadesh ma raher pani kehi garna nasakne aafulai nai hinatabodh po bho !

...
Udaypure chelilai hardik shubhakamana....
Budhapakako bhanai jatako tyastai bhan6u....
Aghi baddai janus gantabya tadha chhaina !
...yojana pura houna...
Shubhakamana...

  • reply

nice

ajit chhetri (not verified) — Sat, 04/09/2016 - 07:40

कल्पना जीको रचना नियमित पढ्ने गर्छु । अन्तर्वार्ता पनि पढें । म जस्तै परदेशमा रहने साहित्यिक मनहरुको लागी कल्पना राई प्रेरणा हो । अघि बढ्दै जानुस् कुनैदिन एउटै साहित्यिक मन्चमा हाम्रो भेट होला

  • reply

समय दिनुभएर

editor — Sun, 04/10/2016 - 18:19

समय दिनुभएर भलाकुसारीमा संलग्न हुनुभएकोमा कल्पनाजीलाई धन्यवाद छ । आशा छ, यस अंकले पनि अर्को स्रष्टालाई पाठकसामु अँझै नजिक ल्याउन सफल भएको छ ।

  • reply

Kalpana jee ko article

gorkhe — Sun, 04/17/2016 - 04:50

Kalpana jee ko article niyamit padhchhu. Interview padhna pauda khusi lagyo. Keep it up.

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Many many congratulations Mam
    23 min ago
  • अनावश्यक
    4 days 15 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 1 day ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 3 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 17 hours ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 1 day ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 5 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • झुटो रंगमंचमा नचाई दियौ किन ?
  • कम्प्यूटरक दुनिया (मैथिली कविता)
  • चार मुक्तक (मनमा पीर परेपछि)
  • नया बर्षको शुभकामना
  • योगमायाको अभाव
  • नारीलाई सम्मान अनि सलाम
  • दुखी जीवन
  • प्रेम कविता
  • बुबाको मुख हेर्ने दिन
  • गौतम बुद्ध (कविता)
  • युवा
  • नारी जिन्दगी
  • उठी नानी उठी ! (बालकविता)
  • हामी नेपाली........
  • कविता (अनुष्टुप छन्द)
  • जागिरे जीवनका तीता मीठा अनुभूतिका संक्षिप्त झलक
  • केही हाइकुहरु !!!
  • देशको भविष्य
  • ठूलेको देशभक्ति
  • क्रस रोड
  • केही हाईकु
  • उजाडिएको जिन्दगी
  • कविताः सृजन र स्वरूप
  • दिन किन हुन्छ
  • नालापानी
  • ANMA/NASeA को सयुक्त सम्मलेनमा साहित्यिक कार्यक्रम बारे सूचना !!
  • आकाश/परिवेश
  • झाड-फानुस तल
  • मान्छे
  • तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित