Skip to content

तिमीले मसँग सहारा माग्यौ


तिमीले मसँग सहारा माग्यौ
तर म आफैं सहाराबिना बाँचेको मान्छे

चाहनामा तिम्रा तीआशाका अधर
ओठहरूमा तिम्रा ती हाँसोका आवाज
तिमीले मसँग हाँसो साट्न माग्यौ
तर म आफैं त्यै हाँसोबिना डुली हिंड्ने मान्छे

टोलाएका तिम्रा ती मायालु अधर
बेहोसीमै फाटे ती नाताका रहर
तिमीले मसँग माया साट्न माग्यौ
तर म आफैं निर्माया बनी बाँचेको मान्छे

शब्द/संगीत – डिबी पिठाकोटे
स्वर – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *