Skip to content

तीन मुक्तक (तिम्रो याद)


मुक्तक १ – तिम्रो याद

तिम्रै याद कति मीठो सपनीमा सोचिरहे
उठी हेरें फोटो तिम्रो विपनीमा सोचिरहें
चौतारीको छाहारिमा मन भाव खोलेको त्यो
बाल रवि दर्शन गदै आगनीमा सोचिरहें

मुक्तक २ – काजलु

काजलु ती नयनमा जब आँखा चार भए
सारा होस गुम भयो हेराइ बारंबार भए
तीखो रैछ तीर तिम्रो, मुटु छिया छिया पर्यो
देखाइदिन्थें मुटु चिरी हनुमानको अवतार भए

मुक्तक ३ – मेघ बढ्छ

मेघ बढ्छ आकाशभरी जलन हुन्छ तनभरि
तिम्रै रापतापले गर्दा कुरा खेल्छन् मनभरि
रात पनि ढल्दै जान्छ मनले अत्यास मान्छ
डर लाग्छ अघि बढ्न खलबल छ भवनभरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *