Skip to content

भन्छन् एउटा गर्ने बेला


भन्छन् एउटा गर्ने बेला, चाल फेर्छ मानिस
अरुलाई नराम्रो पार्न, सवाल फेर्छ मानिस

गरिदिन्छ उस्को सामु, कति मिठो कुरा
फसाउन उसैलाई अनेक, जाल फेर्छ मानिस

सहँदैन ऊ अरुको, उन्नति र खुशीहरू
बगाउनलाई समुद्र झै, छाल फेर्छ मानिस

हिजोसम्म गर्नु जति, पापहरू गरिर’न्छ
सबैसँग राम्रो बन्न, हाल फेर्छ मानिस

तिमीसँग एउटा रुप, मासँग अर्को
बनावटी हजार रुपमा, साल फेर्छ मानिस

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *