Skip to content

मेरा अन्तरबिरोधहरु


मेरा अन्तरबिरोधहरू मैसँग प्रश्न गरिरहेछन
मेरै भावनासँग खेलिरहेछन
कहिले भर्छन उत्साह
कहिले मन्द गतिमा छन
कहिले खोल्छन ढोका
कहिले बन्द गर्छन
ल्याउछन कहिले बाढी
थाम्न न सक्ने भेलहरू
कहिले बन्छ शान्त
बस्छ निष्पट अंध्यारोभित्र
कुनै जेल्खानाको भयर सेल
बिक्राल देखछ कहिले भासीयको देश
चिन्तन हीन राज्नीतिको परीवेस
छत बिछत्
जात जाती
जन जाती
दक्षिण को मगर मच्छको मुखमा पर्दै छ कि सत्ता
सत्ताका तावेदार देश बाहीर निहुरिरहेछन
चाउरिरहेछन
अदव देखाउछन बाहीर
र घर भित्र सिंह गर्जन गर्छन
न लोकिक छन न अलोकिक भाव
कुर्‍र मतियार लियर हिडिरहेछन
र फाँडिरहेछन पवीत्र आत्माहरू
स्वच्छ आत्माहरू
राष्ट्र समर्पित राष्ट्रवादीहरू
नंज्ञाय जंगल
रित्याए बस्ती
प्रदुषित श हर
राज्नीतिका ठाउँहरू
भरिएका दुर्गन्धित कन्टोनर भइरहेछ
अस्पताल सडक स्कुल भत्कायर
मासेर संरचनाहरू
विकास देख्नेहारु
आफ्नैगुट्को वीकासमा तन्मय छ
देश खहरे भित्र परे झैं पहरोमा अडे झैं
हातहरू बिदेश सेवा
मा तल्लिन्न छन
आमा रोइरहेको
यही परीदृस्य भएको छ देश!

Leave a Reply

Your email address will not be published. Required fields are marked *