गाउँ घरमा पनि सुनिदैन आजकाल कुखुरा बासेको
ड्राइभरको छेउमा बसेकी त्यो केटी के सारो हाँसेको?
बगैचाहरू लभगर्ने कै अखडा बन्यो अरु त के कुरा
मन्दिर परिसार भित्रै देखिन थाले पिरती गाँसेको
विलुप्त भए मिठा लोक-गीतहरू समाज भाँडियो
सुझोन बुझो छाडा इँगलिस गीतमा केसारो नाँचेको?
एकसरो लाउन धौ-धौ पर्ने शरिर ढाक्न त्यो बेला
आजकालकाहरूलाई लगाउनु पर्ने छोटो र फाटेको