Skip to content

किन माया लगाएछु !

SunilManiDahal


नघोच भो अब मलाई देब्रे छाती दुख्न थाल्यो
मेरो मायालाई तौलने बानी बिष झै लाग्न थाल्यो ।

सम्हाले वर्षौ छातीभरिका सबै पीडाहरू
फर्केर आउँछ्यौ भन्ने आशमा बिताए अँधेरी रातहरू ।

सपनाहरू धेरै थिए तिमीलाई सुनाउन पाइन
तिम्रो पर्खाइमा मैले कैले दुई छाक खाइन ।

जहाँ छ्यौ खुशी हुनु अब पछि हटिदिएको छु
ठुलो भुल गरेछु निष्ठुरीलाई किन माया लगाएछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *