हरे राम हरे राम नाम तिम्रो सदा जप्न सकूँ
पावन राम नाम जप गर्दागर्दैु मर्न सकूँ ।
जन्म र मृत्युको संसारमा जे पनि हुन्छ
जन्मको दिन परिवार सब हाँसेको हुन्छ,
संसार छोडेको दिन नरुवाइ मर्न सकूँ
पावन राम नाम जप गर्दागर्दै मर्न सकूँ ।
तेरो मेरो मेरो तेरो भन्दै बाँच्नुभन्दा नबाचूँ
बाचूँन्जेल मायामोह मनमा धेरै नसाचूँ ,
लोभ मोहको जालबाट मुक्ती पाउन सकूँ
पावन राम नाम जप गर्दागर्दै मर्न सकूँ ।