Skip to content

दामोदर पुडासैनीका थप नयाँकृति प्रकाशित


वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’का यस वर्ष थप दुई नवीन कृति प्रकाशित भएका छन् । उहाँको सीमानाका रङ्ग सीमानाका तरङ्ग नामको नियात्रा सङ्ग्रह रत्न पुस्तक भण्डार काठमाडौँले र धर्मको ह्याङ्ओभर नामको दर्शनकृति मानववादी समाज (सोच) नेपालले प्रकाशमा ल्याएको छ ।

पुडासैनीले श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र बङ्गलादेश भ्रमणको क्रममा सीमानाका रङ्ग सीमानाका तरङ्ग नियात्रा लेख्नुभएको थियो । नियात्रा लेखनमा काव्यात्मक स्वाद समावेश प्राप्त हुने यो नियात्रामा मान्छे सीमाना, जात, रङ्ग, भूगोल र लिङको आधारमा विभाजित र विवादित बन्न नहुने र मान्छे हुनुको पहिचान मान्छे मात्र हो भन्ने अर्थमा जोड दिएको छ ।

यसमा दक्षिण एशियाली र दक्षिण पूर्वी एशियाली राष्ट्रको संस्कृति, भूगोल र सम्वृद्धिको मीठो अनुभूतिजन्य स्वाद पाउन सकिन्छ । प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली नियात्रा लेखनमा दामोदरको लेखनी कोशेढुङ्गा हो’ भन्नुभएको छ ।

धर्मको ह्याङओभर पुडासैनीको दर्शन कृति हो । यसमा पुडासैनीले मान्छे प्राकृतिक धर्ममा अघि बढ्नु पर्ने र धर्मको नाममा हुने शोषण, विभेद र सारा मान्छेको अवोन्नतिको मूलकारण धर्म नै भएको कुरा पुष्टि गर्नुभएको छ ।

वरिष्ठ साहित्यकार पुडासैनीका आँखाको खोजीमा, आफन्तका अनुहारहरू, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, मायालु हुम्ला, पहाड र प्रेम, नमेटिएका चित्रहरू जस्ता कृतिहरू पाठकहरूले असाध्यै मन पराएका कृतिहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *