मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
नातिनीसँगको संवाद ?
kbs — Mon, 07/28/2008 - 00:35
सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप"र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?
राम्रो छालाले बनेको
राम्रो डिजाइन भएकोले
मैले उसको जिज्ञासा शान्त गर्न खोजें
तर उ शान्त भइन
फेरि प्रश्न तेस्र्याइ हाली
राम्रो त अरू पनि हुन्छ नि
त्यो चाहिं किन त्यस्तो महँगो ?
प्रश्न माथि प्रश्न थपिंदै गएपछि
उसलाई पन्छाउने दृषटिले भनिदिएँ
त्यसमा करोडौं रुपियाँ अट्छ त्यसैले .....
दुबै हात परै फैलाएर उसले भनी
करोडौं त उचालिनसक्नु हुन्छ
त्यति सानो ब्यागमा कसरी अट्छ ?
उम्कने प्रयास गर्दै
झट्पट् स्पषटीकरण्ा दिएँ
रुपियाँ हो त लाटी चेकबुक भनेको
बैंकबाट करोडौं झक्िन सकिने चेकबुक
उसले मेरो गल्ती समातिहाली
चेकबुक त जुनसुकै व्यागमा पनि
अट्छ नि !
किन त्यस्तो महँगो ?
त्यो चाहिं किन त्यस्तो महँगो ?
उसले मलाई रयाख्रयाख्ती पार्न थाली
अब मलाई अप्ठयारो पर्यो
सम्हाल्न खोज्दै कुरालाई
अमूर्त विषयतिर मोडें
त्यो ब्यागमा रक्तचन्दन भरिएको
ट्रक अट्छ
लाउडा जस्तो सिङगै जेट प्लेन अट्छ
अरू पनि धेरै कुरा अट्छन् त्यसैले ....
यसपछि भने उ अलमल्लमा परी
पत्यार र अपत्यारको बीचमा
धेरैबेर सम्म पिङ् खेलिरही
उसको मौनतालाई तोड्ने अभिप्रायले
मैले उसित सोधें
एक लाख सैंतिसहजार पायौ भने
नानू के गछर्यौ ?
के तिमी पनि त्यस्तै ब्याग किन्छयौ ?
उसले निमेषभर पनि बेर नगरी
मन्टो हल्लाएर तत्काल जबाफ दिई
किन्दिन अ हँ म त त्यस्तो ब्याग किन्दिन
अनि के गछर्यौ त ?
मैले लेग्रो तानेर अन्तिम प्रश्न
अघिसारें
म गरिब भोकालाई
खाने कुरा किनिदिन्छु
बिरामीलाई औषधि किनिदिन्छु
अनि ..... अनि .... त्यो छ नि
सुन्तली दिदीको नाम काटिएको छ
म उसको फिस तिरिदिन्छु .....
मेरो आँखा भरिएर आयो
आल्हादित भएर मैले
नातिनीको खुट्टा ढोगिदिएँ
अनि छाती तन्काएर
सगर्व प्रश्न गरें आफैंसित
कसले भन्छ नेपालको भविषय
अन्धकारमय छ .
(साप्ताहिक "नेपाल"मा "प्रधानमन्त्री पुत्रीको राजसी किनमेल" पढेपछि लेखेको ।)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 20 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- सँगै छँदा माया
- शान्ति क्षेत्र - नेपाल
- नैतिक उपचार
- दिलको कुरा नगर दिलमाया
- छिमेकीको छाता र छाडा छोराहरू
- उदास मेरो जीवन कथा
- यो साँझा यो रात
- देखाई दिनुस
- कसरी भनूँ म मनको कुरा यो
- 'गीत-गंगा' र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना
- क्रान्तिकारी
- बाटो बन्द भएपछि
- मायाको सागरमा
- अन्धकार अनन्त
- बहारसँगै उँड्यो मन
- आस्थाको दीयो
- मेरै देशमा जन्मे बुद्ध
- उज्यालोको एकालाप
- नदीकिनारमा
- भुत्ते हतियार

Post new comment