Skip to content

सडक विस्तार मात्रै समाधान होइन


काठमाण्डौ बाहिरबाट भित्रिएका केही मानीसहरूले यहाँका प्रति जग्गामा कब्जा गर्दै सुकुम्बासीको प्रभुत्व जमाउँदै जगा धनी पुर्जा माग गर्दै यहँका बासिब्दा बन्दै गएका छन भने अर्को तर्फ यहाँका रैथाने बासिन्दाहरूको घरमा सरकारले बुल्डोजर चलाएर सुकुम्बासी बनाउँदै छन।

महाभूकम्प २०७२ले थल थल बनाएको सडक, बाटोका जोडियका कुनै घर पुरै त कुनै आँसकिक रुपमा भत्काउँदै सडक विस्तार गर्ने कार्य सरकारले तिब्र बनाएको छ । महाभूकम्पले पुर्यायको चोतको खत निको नहुँदै यहाँका सडक बाटोमा जोदिएका सडक विस्तारले अर्को चोट पुर्यायको छ । उहिले बुढापाकाहरू सडक चेउछाउमा घर बनाउन हुँदैन भन्थे ।साँचै नै आज सडकचेउचाउका घरफ्हनिहरू सधैं त्रसित रहनुपर्ने अवस्था काठ्माण्डौ उपत्यकामा देखिन थालेको छ । सर्स्कारले कुन बेला सडक विस्तारका नाउमा आफ्नो घरइ स्वाहा पार्ला भनेर चिन्ताग्रस्त देखिन थालेका छन यहाँका बासिन्दा ।

नेपालको जनसंख्या लगभग तिनकरोद पुगिसकेका छन । जनसंख्या बृध्दी संसँगै आवासीय जमिनहरू घट्दै छन । आवासीय जमिनको अभावमा कृषि योग्य जमिन आवासियमा परिनत हुँदै छन । देशभरिका जनसागर काअठमाण्डौ उपत्यकामा नै जम्मा हुँदै गैइरहेका छन । यो लेखक सानू छँदा हिन्दी चलचित्रमा दिल्लि र बम्बैको दृस्यमा मानिसहरूको घुइच्व देख्दा अचम्म लग्थियो । आज आफ्नै देशको राजधानिमा देखिन थालिसकेका छन । समयले कोल्टी फेरिसकेका छन । बाहिरी जिल्लाबाट राजधानिमा आउने जनसागरको बाढीलाई अब पनि नियनत्रण गरिएन भने आधारभूत आव्श्यकताको अभव भैइ काठ्माण्डौ उपत्यकामा जटिल समस्या आउनेछ ।
२०३२ सालतिर खेती योग्य जमिन ह्द्पेर काठमाण्डौम चक्र पथ निर्माण गरियो । आज त्यही चक्र पथ मात्र्स नभएएर अन्य सडक पनि साँघुरो हुदै अपुग भैसकेकको अवस्थालाई सबैले स्वीकार गरिसकेका छन । यसलाई मनन गर्दै सरकारले पनि दोस्रो चक्र पथको निर्माणको योजना अघिसारिसके छ । अन्य सडक गल्ली बाटोमा परेका घरहरू भत्काउँदै बाटो फराकिलो गर्ने काम गरिसकेको छ । अहिले सरकार्ले गर्न लागेको सडक विस्तारको आयु पनि १५-२० वर्षबन्दा बढी हुनेछैन । त्यो समयमा सडक पुन: साँघुरिनेछ । फेरि जनताले दु:ख गरी बनाएको घर भत्काएर बाटो फराकिलो गर्नुपर्ने अवस्था आउनेछ ।
कुनै पनि समस्याको समाधान गर्दा यो समस्या के कति कारणबाट उत्पन्न भयो भन्ने तर्फ गहिरेर सोच विचार गरी मूल जडमा नै सुधार हुने गरी समाधान गर्नु बुध्दिमानी हुनेछन । ताकी भविष्यमा त्यस्ता समस्याको पुनरावृती हुने अवस्था उत्पन्न नै नहोस ।

काठमाण्डौ उपत्यकामा बिजुली, खाने पानी, सडक, बाटो तथा आवासको बिकराल समस्या हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट आउने जनसागरको बाढीले निरन्तरता पाई नै रहेका छन । नयाँ,, नयाँ मोडेलका सवारी साधन भित्रिरहेका छन । उपत्यकाबासि आफैले आफ्नो घर आगन, गल्ली बाटो सडक गल्लीमा सवारी साधनहरू हुँक्याएर बाटो साघुरो गर्दै खुम्चाउँ दै छन । यहाँका रैथानेहरू धमाधम बिस्थपित हुन थालेका छन भने बाहिरबाट आई यहाँ घर बनाई बस्ने नयाँ बासिन्दाले यहाँका परम्परा र संसकृति माथि धावा बोल्दै सनातन देखि पुज्दै आएको देव वृक्ष पिपल र मथ मन्दिरहरू हताई बाटो फराकिलो गर्ने योजना बनाउँ छन । यहाँका परम्परागत रीतिरिवाजहरू परिवर्तन गराई आफ्नो संस्कृति लादन खोज्दछन ।

यहाँका कला, संस्कृति, र परम्परा, रीतिरिवाज यहाँका रैथाने नेवारहरूको पहिचान हो । यहाँको संस्कृतिको संरक्षण तथा सडक बाटो साँघुरिन्दै गैरहेको गतिलाई रोक्ने नै हो भने सर्वप्रथम त बाहिरी जिल्लाबाट खोलाको बाढीसरह भितृरहेको जनसागरलाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै केही दशक सम्मका लागि सवारिसधनहरू आयात गर्ने कार्य रोकिनु आवश्यक छ । अन्यथा काठमाण्डौ महानगर सवारिसाधनहरूको ग्यारेजमा परिनत नहोला भन्न सकिन्न । अत: सडक विस्तारले दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस तर्फ सरोकारवाला सबैले मनन गर्नै पर्दछ ।

नेपाल समाचारपत्र १२ बैशाख २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *