Skip to content


यस्तो त्यस्तो कस्तो कस्तो
बोली पनि रैछ सस्तो

चिठी पनि प्राप्त भयो
बिदा वादी भए जस्तो

के नै पत्र लेखु मैले
मेरो छैन सोच त्यस्तो

भेजेको छु पत्र मैले
मुटुमा त छैन धस्दो

धरमर गर्न भैन
अवल छु सोचे जस्तो

1 thought on “यस्तो (गजल)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *