Skip to content

दस हजार तालको राज्यमा घुम्दा

  • by


छोरा प्रज्वलमानको आतिथ्यमा यसपालिको ‘समर सिजन’ मिनेसोटा राज्यको सेन्ट पल सहरमा, उसको आमासँगै उसैकहाँ हामी छुट्टी मनाइरहेका थियौं । छुट्टीको दौरान मिनेसोटा राज्यको प्रायः केही रमणीय ठाउँहरू घुमियो । यस राज्यलाई दश हजार तालहरूको राज्य भनिँदो रहेछ । राज्यको चिनारी भनेकै त्यही दश हजार तालहरू रहेछन् । हुन पनि घरबाट निस्केर १०।१५ मिनेटको ‘ड्राइभ’ मा नै चार-पाँचवटा ताल बाटोवरपर देखिन्छन् । आफूले देखेका तालहरूमा राज्यको उत्तरतिरको सहर दुलुथको सुपेरियर लेक एक हो । नामले लेक भए पनि यो ताल समुद्र जस्तै विहङ्गम छ । ताल फैलिएर राज्यको तलतिर पर्ने शिकागो राज्यको तालसम्म फैलिएको छ । अरू नजिकका रमणीय तालहरूमा मिनेटोङ्का, क्यालहन, हेरियट, माइल लेक र रामसे बीच रहेका छन् ।

एक्काइसौं शताब्दीको वास्तु फेशनअनुसार यहाँ ‘टि्व सिटिज’ को नामबाट मिनियापोलिस र सेन्ट पल नामका दुई ठूला सहर विकास भएका छन् । अमेरिकाको प्रसिद्ध नदी मिसिसिपीको किनारमा विकसित यी सहरहरूको आˆनै विशेषता छन् ।

वास्तु विस्तारक्रममा गाँसिएको १९औँ शताब्दीको निर्योक्लतिकल बिल्डिङले मिनेसोटो राज्यमा प्राथमिकता पाएको छ । मिनेसोटो राज्यको सेन्ट पल सहरमा अवस्थित उक्त भवनलाई स्टेट क्यापिटल बिल्डिङ पनि भन्ने गरिँदो रहेछ । त्यही बिल्डिङबाट राज्य व्यवस्था सञ्चालन हुन्छ । भवनको निर्माण १९ औँ शताब्दीको अन्त्यतिर सुरू भई २० औं शताब्दीको पहिलो दशकमा पूरा गरिएको थियो । भवनको अगाडिपट्टकिो छानामा विधिको शासनको प्रतीकस्वरूप खाँक्रोमा मकैको घोगा बोकेको एक पुरुषले दुईजना नारीको सहयोगमा चौघोडा हाँकी आइरहेको सुन्दर दृश्य देख्न पाइन्छ ।

यो भवनको बायाँपट्टकिो ओरालोमा अमेरिका महादेश पत्ता लगाउने महान् हस्ती क्रिष्टोफर कोलम्बसको पूर्ण कदको स्मारक उनको पाँच सयौँ जन्म जयन्तीको अवसर पारेर सन् १९३१ को अक्टोबर १२ तारिखको दिन स्थापना गरिएको छ । यसको सामुन्नेको अर्को ठूलो प्राङ्गणमा सेन्ट पल चर्च छ । आगन्तुकहरूलाई भवनको यत्रतत्र घुम्न तथा भित्र प्रवेश निःशुल्क छ । सरकारी भवनहरू वा आमसरोकारका भवनहरूमा मात्र होइन निजी भवनहरूमा समेत पर्खाल लगाउने चलन प्रायः छैन । टि्न सिटिजको अर्को सहर मिनियापोलिस हो । यस सहरको चाखलाग्दो कुरा पीलसब्युरी मैदा मिल हो । १८ औँ शताब्दीदेखि मैदा उत्पादन गर्दै यस मीलले आजसम्म अमेरिकीहरूलाई विभिन्न किसिमका पाउरोटी तथा कुकिजहरूको सेवा पुर्‍याउँदै आएको छ ।

सार्वजनिक यातायातको हकमा रेल सेवामा एक्सप्रेस गाडी, बिजिनेस क्लास तथा लोकल गाडी गरी विभिन्न मूल्य तोकिएका छन् । रेलको डब्बामा कुनै अन्तर बाँकी राखेका छैनन् । टिकट हात पारेपछि जुन डिब्बामा बसे पनि हुने, विकासोन्मुख देशहरूमा जस्तो पहिलो, दोस्रो तथा तेस्रो भनी हुलहुज्जत हुने गरी सेवा सञ्चालन गरेका छैनन् । बस सेवा सञ्चालनमा एक्सप्रेस र लोकल भनी फरक महसुल उठाए पनि अर्को एउटा अत्तो थापी पैसा असुल्ने परिपाटी देख्नमा आएको छ । लोकल र एक्सप्रेसमा बस भाडा त फरक हुने भइहाल्यो तर त्यही बसमा भिडभाडको बेला ‘रश आवर’ भनेर थप महसुल लगाउँदा रहेछन् । बिहान ६ः३० देखि ९ः३० सम्म र अपरान्ह ३ः०० देखि ६ः३० बजेसम्म ‘रश आवर’ भनी ५० सेन्ट बढी महसुल लिने गर्दा रहेछन् । यो अवधिमा बसभित्र खचाखच यात्रु हुनुपर्ने भन्ने छैन, हुन पनि सक्छ नहुन पनि सक्छ ।

यसदेखि सहर घुम्ने रहरमा पोटोमाक नदी किनारमा रहेको संयुक्त राज्य अमेरिकाको राजधानी सहर वासिङ्गटन डिसीको पनि पैदल भ्रमण गरियो । माथि भनिएको संयुक्त राज्यको राज्य सञ्चालन गर्न यहाँ पनि स्टेट क्यापिटल बिल्डिङ रहेछ । यही भवनमा हरेक नवनिर्वाचित राष्ट्रपतिहरूले शपथ लिने गर्दछन् । यसै कारण पनि राजधानीमा यो भन्दा अग्लो भवन बनेको देखिँदैन ।

राष्ट्रपतिको औपचारिक भवन हृवाइट हाउस पनि दुई तलाको छ । राष्ट्रपति भवनको प्राङ्गणमा वाशिङ्गटन मोनुमेन्ट भनी एउटा अजङ्गको भ्यू टावरको स्थापना गरिएको छ । यसको आसपास र पूर्वमा पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको भव्य प्रतिमास्थल र बाहिर ‘वार हिरो’ हरूको प्रतिमास्थल छ । त्यहाँ लेखिएको छ- ‘प|mीडम इज नट प|mी’ अर्थात् अमेरिकीले स्वतन्त्रता सित्तैमा पाएका होइनन् । यसका लागि धेरै अमेरिकीले शहादत प्राप्त गरेका थिए भन्ने कुराको सम्झना प्रतिमाले गराउँछ ।

यता कन्स्िटच्यूशनल एभेन्यूका सरकारी भवनहरूले १९औँ शताब्दीका भवनहरूको झल्को दिइरहेका छन् । यो दृश्य हेर्दा उति बेला नै अमेरिकीले त्यस्तो सम्पन्नता कसरी प्राप्त गरे भन्ने लाग्छ । यी सबै सरकारी भवनहरू दिवाने आमको शैलीमा चारैतिर खुला छाडिएका छन् । राष्ट्रपति भवन -हृवाइट हाउस) बाहेक कहीँ पर्खाल लगाइएको देखिँदैन । पेन्सिल्भेनिया एभेन्युतिर केही नयाँ भवन उठेको देखिन्छ । तैपनि यिनीहरूले पनि स्टेट क्यापिटल बिल्डिङसँगै बायाँपट्टकिो बोटानिकल गार्डेनले यसको सुन्दरतामा केही बाधा पुर्‍याउला जस्तो लाग्छ ।

यस्तै, सहर घुम्ने रहरमा हडसन नदी किनारमा अवस्थित अमेरिकाको सबैभन्दा व्यस्त सहर न्यूयोर्क पनि घुमियो । अरू सहरहरूको एभेन्यू तथा स्टि्रटहरूको तुलनामा यसको एभेन्यू तथा स्टि्रटहरू अत्यन्तै ठूला तथा लामालामा छन् । एक एभेन्यु घुमेर अर्को भ्याउन निकै गाह्रो पर्ने रहेछ । यस सहरको जालोलाई टाइम स्क्वायरभन्दा रहेछन् । यस सहरमा कुल मिलाएर १०९ वटा गगनचुम्बी भवनहरू निर्माण भएका छन् । यसमध्ये ११८-२० तल्लाको वल्र्ड ट्रेड सेन्टर भन्ने जुम्ल्याहा भवन सन् २००१ को सेप्टेम्बर ११ तारिखको आतङ्कमा ध्वस्त भए । त्यस आतङ्कको मूल्य करिब तीन हजार अमेरिकीले चुकाउनु परको थियो ।

यी जुम्ल्याहा भवनपछि हाल सबैभन्दा अग्लो गगनचुम्बी भवन स्टेट इम्पायर बिल्डिङ हो । यसको उचाइ १०२ तलाको छ । यो भवन सन् १९३१ मा सुरू भई सन् १९५० अर्थात् १९ वर्ष लगाई बनाएको न्यूयोर्क सहरको धरोहर हो । न्यूयोर्क पार्क एण्ड रिक्रियसयन सेन्टरले आगन्तुकहरूको सहरी प्रेमको कौतूहलता मेटाउन यस भवनको ८६ औँ तल्लामा रहेको अब्जर्भेटोरी चयन गर्न सःशुल्क पासको व्यवस्था गरी आगन्तुकहरूको सेवा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *